Daily Archives: 29/07/2020

कालीकोटमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु, ४ जना बेपत्ता


तुलाराम पाण्डे
कालीकोट — मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने दुई बालक बेपत्ता छन् । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ जनामध्ये ४ जनाको शव भेटिएको छ । राति सुतिरहेका बेला पहिरोमा पुरिएका माल्कोट बागाका ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढाको शव निकालिएको ओलियाले जानकारी दिए । ७ वर्षीय बालक रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढा बेपत्ता छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुसुम गुरुङको “माकुरी माया” सार्वजानिक,(भिडियो सहित)


सुरेश गुरुङ/कुबेत,सुमधुर स्वरका धनी कुसुम गुरुङको “माकुरी माया” दोस्रो गीत म्युजिक भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ।कवि उपेन्द्र सुब्बाको शब्द र पारस मुकारुङको संगीत रहेको लोकलयमा आधारित गीतमा कुसुमलाई स्वरमा भविन ढुंगानाले साथ दिएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्