सार्वजनिक यातायात आजदेखि पूर्ण रूपमा सञ्चालन।


२०७७ श्रावण ५, सोमबार, कोरोनाका कारण भएको लकडाउनमा बन्द रहेका सार्वजनिक यातायातका साधन आज (सोमबार)देखि पूर्णरूपमा सञ्चालन हुँदै छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौं उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो ।

सरकारले १ साउनबाटै सार्वजनिक यातायात सञ्चालन हुने घोषणा गरेको थियो । तर, व्यवसायीले भने लकडाउनले परेको मारका कारण तत्कालै सञ्चालन गर्न नसक्ने भनेका थिए ।

आइतबार महासंघका पदाधिकारी र व्यवसायीले यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई भेटेर छलफलपछि तत्काललाई काठमाडौं उपत्यकामा सबै गाडी चलाउने र क्रमशः संक्रमण कम भएका जिल्लातर्फ जाने रुटमा समेत सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेको महासंघका उपाध्यक्ष किरणकुमार रिजालले बताए ।

‘सरकारले लकडाउनले थलिएका व्यवसायीका मागहरू मौद्रिक नीतिमार्फत केही हदसम्म सम्बोधन गरेको छ, ती व्यवस्थाहरू लागू हुने अवस्था भए हामीले गाडी कुदाउन सक्ने बतायौँ, उनले भने ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले क्रमशः प्रदेश र जिल्लातर्फका रुटमा पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने तयारी गर्न व्यवसायीलाई आग्रह गरे । ‘पहिले काठमाडौंमा हेरौँ, त्यसपछि क्रमशः उपत्यकाबाहिर पनि आवश्यकता र संक्रमणको जोखिम हेरेर सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

साभार:खबरवाणी डटकम

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.