मणि गुरुङ /पोखरा ‘ब्रेन ट्युमर’ रोगका कारण पोखराको फेवासिटी अस्पतालमा उपचाररत बालिकाको उपचारको लागि सहयोग जुट्न थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. २ घर भएकी १४ वर्षीया बालिका ममता गुरुङलाई ब्रेन ट्युमर देखिएपछि विगत ४ महिनादेखि उनको नियमित उपचार भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/07/2020
स्याङ्जाकी बालिका ‘ब्रेन ट्युमर’उपचारको लागि सहयोग जुटाउदै
Posted in नेपाल समाचार
विदेशबाट आउनेलाई पीसीआर अनिवार्य
अतुल मिश्र
काठमाडौँ — सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो । स्वास्थ्य मन्त्रालयको आइतबारको उच्चस्तरीय बैठकले गरेको निर्णयअनुसार विदेशवाट हवाई मार्गमार्फत आउने सबैलाई होल्डिङ सेन्टरमा ५ दिन राखेर पीसीआर परीक्षण गरेपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ । विदेशबाट स्थलमार्गबाट आउनेहरूसमेत पीसीआर परीक्षण गरेर मात्र सम्बन्धित ठाउँमा जान पाउने छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीको समेत परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । ‘चिकित्सकको सल्लाहअनुसार अरूको पनि परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
सार्वजनिक यातायात आजदेखि पूर्ण रूपमा सञ्चालन।
२०७७ श्रावण ५, सोमबार, कोरोनाका कारण भएको लकडाउनमा बन्द रहेका सार्वजनिक यातायातका साधन आज (सोमबार)देखि पूर्णरूपमा सञ्चालन हुँदै छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले काठमाडौं उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार