नेपाली संगितको दुनियाँमा उदयमान भएका “चर्चित नाम हो गायक तथा मोडल चक्र बम सानैदेखी गीत संगितमा रुची राख्ने र परेको खण्डमा गाएर सबैको मन जित्न सक्ने नेपाली संगीत बजारमा अहिले चक्र बम चर्चाको शिखरमा छन् ।
नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त बहुचर्चित गायक तथा मोडल चक्र बम स्रोताहरुको सर्बाधिक रोजाइमा पर्ने लोकप्रिय गयाक हुन।
उनका गीत दर्शक श्रोताले निक्कै रुचाएका छन् । धेरै गीतहरु बमका चर्चामा पनि छन् । पछिल्लो केहि दिन यता उनको ‘गाजल’ बोलको गीतले बजारमा उनलाई चर्चा थप चुलिएको छ।
पछिल्लो केहि दिन यता उनको ‘गाजल’ बोलको गीतले उनलाई राम्रो उत्साह प्रदान गरिरहेको उनि बताउछन् । टिकटक देखि धेरैका ओठ–ओठमा गाजल गुन्जयमान भैरहेको छ । टिकटकमा पनि गाजलको चर्चा निक्कै छ । बम दर्शक स्रोताको सकरात्मक प्रतिक्रिया र मायाले प्रफुल्ल छन् ।