Daily Archives: 16/07/2020

प्रचण्ड र माधव नेपालले ओलीलाई भने : प्रधानमन्त्रीबाट राजीनामा दिनुस्


१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् । भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । पढ्नेक्रम जारी राख्नुहोस्

युवा पुस्तालाई तताउने जोशिला गायक तथा मोडल चक्र बमको (ओए काजल) गीतले चर्चा चुलिएको छ।


नेपाली संगितको दुनियाँमा उदयमान भएका “चर्चित नाम हो गायक तथा मोडल चक्र बम सानैदेखी गीत संगितमा रुची राख्ने र परेको खण्डमा गाएर सबैको मन जित्न सक्ने नेपाली संगीत बजारमा अहिले चक्र बम चर्चाको शिखरमा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साढे ६ खर्ब नाघ्यो कानुनविपरीतको खर्च


बेरूजु संघीय सरकारमा केही घटे पनि प्रदेश र स्थानीय तहमा बढ्दै
कृष्ण ज्ञवाली
काठमाडौँ — राज्यका निकायहरूको बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण बेरुजु फर्छ्योटमा उल्लेख्य सुधार हुन सकेको छैन । कुल बेरुजु मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै २१ प्रतिशत पुगेको छ । कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्च नै बेरुजु हो । पढ्नेक्रम जारी राख्नुहोस्