Daily Archives: 15/07/2020

स्वास्थ्य सामग्री खरिद प्रकरण : छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल


उच्चस्तरीय समन्वय समितिबाट निर्देशन प्राप्त भयो । हतार–हतारमा मन्त्रीज्यूले सूचना जारी गर्नू भन्नुभयो । वार्ता समिति गठन गरियो र खरिद भयो । –यादव कोइराला, तत्कालीन स्वास्थ्य सचिव
उच्चस्तरीय समितिले तत्काल खरिद गर्न निर्देशन दिएकाले स्रोत र सामानको दर यकिन नहुँदासमेत खरिद प्रक्रिया अघि बढाइयो । – महेन्द्र श्रेष्ठ, तत्कालीन महानिर्देशक
कृष्ण ज्ञवाली, जयसिंह महरा
काठमाडौँ — लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्देशनअनुसार हतारमा खरिद प्रक्रिया अघि बढाउनुपरेको बताएपछि संसद्को सार्वजनिक लेखा समितिले उनलाई बोलाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्