Daily Archives: 14/07/2020

सप्तरीको तिलाठी डुबानमा


मनोहर पोखरेल
राजविराज : चार दिनदेखि लगातार परेको वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा परेको छन् । खाँडो खोलामा आएको बाढीले भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठीको बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाले जानकारी दिएको छ । लगातार भइरहेको वर्षाले बेल्हीस्थित भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकी र बजार समेत डुबानमा परेको गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

ओलीको अभिव्यक्तिको सर्वत्र आलोचना


३० असार, काठमाडौं । त्रेतायुगका राम नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । ओली नेतृत्वकै नेकपासहितका राजनीतिक दलका नेता, कूटनीतिक मामिलाका जानकार र पत्रकारहरुले ओलीको अभिव्यक्तिको आलोचना गरेका हुन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीलाई ‘आधी–कवि’को संज्ञा दिँदै ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं ! सीधै वैकुण्ठधामको यात्रा गरौं ! भनेर व्यंग्य गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसमा तातिँदै महाधिवेशनको माहोल


आम कार्यकर्ताले भरोसा राखे पनि युवा नेताहरूले यसै महाधिवेशनमा नेतृत्वको महत्त्वाकांक्षा राखेर अघि बढ्ने हिम्मत देखाएका छैनन् । उनीहरू वृद्ध नेताहरूकै फेर समातेर नेतृत्वको भर्‍याङ चढ्ने दाउमा छन् ।
कुलचन्द्र न्यौपाने
काठमाडौँ — केन्द्रीय कार्यालय सानेपामा ०७५ वैशाख ११ मा निर्वाचनमा हारको विषयलाई लिएर नेताहरूबीच आरोपप्रत्यारोप जारी रहेका बेला कांग्रेसका सात सदस्यले निर्वाचन समीक्षासहितको ५१ पृष्ठको कार्यदिशामूलक प्रस्ताव प्रस्तुत गरे । ती नेता थिए चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार र रामकृष्ण यादव । पढ्नेक्रम जारी राख्नुहोस्