जुलाई १२ मिलन गुरुङ / पोखरा :-भकारी इभेन्टसको प्रस्तुति गुरुङ चलचित्र “सबन मु” बाट डेबु मार्दै प्रदर्शनको तयारीमा रहेको पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण भएको गुरुङ चलचित्र क्षेत्रमा पृथक धार बोकेको चलचित्र “ङ्हेल्स्यो” का नायक, टिकटक बादशाह, चकलेटी हिरो पुरानो घर कास्की भुम्दी भइ हाल पोखरा-१७ बिरौटा बस्ने सहयोगी मनका धनी विश्वात्म गुरुङ (सिसिमनु) द्वारा चलचित्र क्षेत्रसँग सम्बद्ध १८ जना कलाकारहरुलाई पाइला फिल्मस प्रा.लि. र आदिम कला मञ्च पोखराको प्राङ्गणमा एक समारोह बीच राहत वितरण गरेका छन । कोभिड-१९ कोरोना भाइरसका कारण नेपाल सरकारले चार महिना देखी लकडाउनको आदेश जारी गरे पछिको जनजीवन अस्तव्यस्त भएको अवस्थालाई हेरि खाद्यान्न अभावमा परेका ती कलाकारहरुलाई विश्वात्मले व्यक्तिगत रुपमा २५ केजी चामल र १ केजी दाल बराबरको खाद्यान्न १८ जनालाई वितरण गरिएको हो । वितरण कार्यक्रममा गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अध्यक्ष एवं मुनाल फिल्मसका निर्देशक भोज बहादुर गुरुङ, भकारी इभिन्ट्सका निर्देशक कृष्ण कुमार गुरुङ, पाइला फिल्मसका निर्देशक माओत्सेतुङ गुरुङ (पर्वत), “ङ्हेल्स्यो” का कार्यकारी निर्माता मिलन क्रोम्छें तमु, निर्माताद्वय देब कुमारी गुरुङ, कुमारी पर्जु तमु र तोल प्रसाद गुरुङको उपस्थिति रहेको थियो। उक्त अनौपचारिक कार्यक्रम लाई गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का सचिव एवं आदिम कला मञ्चका सञ्चालक लब्सन गुरुङले सञ्चालन गरेका थिए ।
ङ्हेल्स्यो सैनाका नायक सिसिमनु द्वारा राहत वितरण
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.