Daily Archives: 12/07/2020

आजको जिन्दगानी


माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ
उनको मेरो बराबर खुशी पुरा हुन्छ
घरीघरी छट्पटी घरीघरी प्यास
अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश
कहिलेकाही बिजि हुन्छिन् घरको कामले गर्दा
हेराहेर हुने गर्छ बेला मौका पर्दा
उनी सानू दिलको रानी मुटु भित्र भित्र
नाचिरहन्छ नानिभित्र उनकै मानचित्र
धेरै मिठो सपना छ धेरै मीठो बोली
जिन्दगानी बितेको छ रम्दै आजभोलि

तमू धीं युकेद्वारा जिफान र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार आर्थिक सहयोग।


हुम गुरुङ / पोखरा, २७ असार- बिस वर्ष अघि युकेमा स्थापित तमु धिं युकेले गुरुङ फिल्म एशोसिएसन(जिफान) र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार सहयोग गरेको छ।कोभिड १९ कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले समस्यामा परेका चलचित्रकर्मी एवम तमु कलाकारहरु राहत सहयोग स्वरुप आज पोखरा ९ नयाँ बजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्