मनि सरब्ज गुरुङ/पोखरा -मिलन फाउन्डेशन नेपाल द्धारा तमू सञ्चारकर्मीहरु लाई ३४ थान प्रेस ज्याकेट प्रदान गरेको छ। कोरोना महामारीको बेलामा कार्य क्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ३४ ज्याकेट २४ हजार ६ सय ५० रुपैंयाँ बराबरको रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/06/2020
मिलन फाउन्डेशनद्धारा तमू सञ्चारकर्मीलाई ३४ थान प्रेस ज्याकेट र १० हजार आर्थिक सहयोग।
Posted in नेपाल समाचार
नेपाल आदिबासी जनजाति महासंघ इजरायलको आठौ बार्षिक उत्सव तथा साधारण सभा सम्पन्न अध्यक्षमा पेम्बा डोल्मो ह्योल्मो।
दिपेन गुरुङ / इजरायल – विश्वका आदिवासी जनजाति एक होऔं आफ्नो भेषभुषा, भाषा, कला, संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं ” नेपाल आदिवासी जनजाति महासंघ इजरायलको ८ औ बार्षिकोत्सव तथा साधारण सभा कोरोना भाइरसको विश्वव्यापी प्रभाबका कारण जुम अनलाइन मार्फत र सोसल डिसटेन्सको नियम पालन गर्दै नेपाल आदिवासी जनजाती महसंघ इजरायलका अध्यक्ष तारा काउचा मगरको सभापतित्वमा संघको कार्यालय तेल अभिवमा एक कार्यक्रमको बिच सम्पन्न भएको छ।नेपाल आदिवासी जनजाति महासंघ इजरायलको स्थापना २०१२ मा स्थापना भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
युएईको दुबई विमानस्थल बाट ४ सय ५२ जना नेपाली नागरिक काठमाण्डौ नेपाल प्रस्थान।
मानु कोन्मे तमु – बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा परी युएईमा समस्यामा परेका नेपाली नागरिकहरु आज युएईको स्थानीय समय अनुसार बिहानको ११:१० बजे नेपाल एयरलाइन्सको उडान नम्बर आर ए – २२९२ को उडान बाट २ सय ६२ जना र बिहान ०८:०० बजे फ्लाइ दुबईको उडान बाट १ सय ८९ गरि जम्मा ४ सय ५२ जना नेपाली नागरिक नेपाल फर्किएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
मृगौला पीडित आयुष्मा गुरुङ लाई ङोलो ङोल्स्यो समाजको पहलमा आर्थिक सहयोग।
भिजन गुरुङ / सिन्धुपाल्चोक
“बोल्ने ओठहरु भन्दा सहयोग गर्ने मनहरु माहान हुन्छ ,सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ कलाकार एवं समाजसेवी भिजन गुरुङ र ङोलो ङोल्स्यो समाजको पहलमा आयुष्मा गुरुङ बचाऊ अभियानलाई साथ दिंदै मृगौला पीडित जीवन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको उपचार सहयोगार्थ हङकङमा कार्यरत हङ्कङबासी अग्रज व्यक्तिले नेपाली ३०,१५०/- (तीस हजार एक सय पचास ) रुपैयाँ रकम सहयोग प्रदान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार, सूचना