दिनेश गुरुङले ल्याए नयाँ नेपाल


दिनेश गुरुङले नयाँ नेपाल गीत सार्वजनिक गरेका छन् । उनले गीतमा युवाहरूको चाहना नयाँ नेपाल र नयाँ युग भएको भन्दै सबैलाई नयाँ नेपाल निर्माणमा जुट्न आग्रहसमेत गरेका छन् । सगरमाथा शिर रहेको नेपाल विश्वसामु अटल रहोस् भनेर कामना गरिएको गीतमा उनले हिमाल–तराई, मेची–काली सबैतिरका नेपालीको आवाज पनि एउटै हुनुपर्नेबताएका छन् ।

त्यस्तै गीतमा उनले स्वर्गजस्तो नेपालमा सयौँ जाति, भाषा, धर्मका समुदायले सधैँ फल्ने तथा फुल्ने मौका पाउन् भन्ने चाहना राखेका छन् । देशको मुहार फेरियोस्, समुन्नतिको बाटोमा अघि बढोस् भन्दै दिनेशले देशको जय जय गानसमेत गरेका छन् ।

कुसुम गुरुङको युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दिनेशले स्वर मात्र दिएका छैनन् । शब्द र संगीत पनि उनकै रहेको छ । दिनेश पेशाले ब्यांकर हुन् । तर नयाँ नेपालले गीत संगीतमा उनको गहिरो रुचिसँगै साधना पनि रहेको स्पष्ट पारेको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.