Monthly Archives: मे 2020

युएई सरकार द्वारा सबै किसिमका भिसाको जरिवाना माफी ।


यूएई सरकारले भ्रमण भिसा र रेसिडेन्सी सबै किसिमका भिसामा लागेको जरीवानाहरु मिनाहा गरेको छ । युएई सरकारले पहिला २०२० मार्च १ तारिख भन्दा यताको जरिवाना मात्र मिनाहा गरेको थियो । युएई सरकारले पछिल्लो पटक गरेको निर्णयले २०२० मार्च १ तारिख भन्दा अघि भिसा सकिए संगै लागेको जरिवाना पनि मिनाहा गरेको छ भने ईमिरेट्स आईडी कार्ड र लेबर कार्ड ( वर्क पर्मिट) मा लागेको जरिवाना पनि मिनाहा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्जाका खड्का बहादुर थापाको कोरियामा निधन ।


बोमजन गुरुङ/दक्षिण कोरिया

१४ मे २०२०,ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

“कलाकार आकस्मिक सहयोग संकलन अभियान”मा कोरियाबाट सहयोग प्रदान ।


बोम्जन गुरुङ/दक्षिण कोरिया

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरिया शाखाले कोरोना भाईरस (कोभिड-१९) को महामारी फैलिरहेको अवस्थामा नेपालमा लकडाउनको असरले समस्यामा परेका सम्पूर्ण कलाकारहरुलाई विशेष लक्षित गरि आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

चेतनाभया! दुई तिहाई बहुमत (केपी ओली) सरकार


यदी नेपाल🇳🇵भन्ने मुलुक छ र नेपाली जनताजनार्दनको लागी केही सोचेको छस भने ! यो महामारी 😷 को अवस्थामा अरब मुलुकमा दैनिकी गुज़ारा गर्न नसकीरहेका दु:ख खेपि रहेका नेपालीको ब्यवस्था गर सरकार! नेपालका अनेक मानव तस्करी दलालहरु हुदै अनेक बहानामा देशको ढुकुटीलाई समेत ब्यवस्थित पार्दै हामीले सयकडा ५ मा रिन काँढी मरुभुमीमा पलायन पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला नेपाल सरकार प्रति आक्रमक


मानु कोन्मे तमु / युएई

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले सामाजिक संजालमा स्टाटस लेख्दै नेपाली कामदार स्वदेश फर्काउन सरकार उदासिन भएको मजदुर, किसान, सर्वहारा वर्गको नेतृत्व गर्दै सत्तामा पुगेपनि श्रमिकको हकहितका विषयमा केही नगरेको भन्दै आक्रोश पोखेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

टुलुटुलु हेर्नु बाहेक विकल्प र निष्कर्ष केही देखिन ।


मनु कोंमे/ युएई

 

 

 

 

 

 

 

 

शान्तिका अग्र दुत बुद्ध जन्मेका लुम्बिनी नेपाल देशका नागरिक हामी ! बिश्वको सर्वोच्च उच्च शिखर सगरमाथा भएका देशका नागरिक हामी ! गोर्खाली बहादुर भनेर चिनिने देशमा जन्मेका नागरिक हामी ! सीता जन्मेका देशका नागरिक हामी ! पशुपति नाथ नेपालमा छ भनेर चिनिने देशका नागरिक हामी ! हिमाल पहाड तराई को साथै बिश्वको प्राकृतिकका धनी तथा जलासयको देश हो नेपाल भनेर चिनिने देशका नागरिक हामी! बिश्वको भरिका देशहरू संग राम्रो सम्बन्ध भएको बुद्ध र सगरमाथाको देश भनेर चिनिने देश नेपालका नागरिक हामी ! बिश्व सम्पदामा धनी भएको देशको नागरिक हामी ! पढ्नेक्रम जारी राख्नुहोस्