संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण।


१५ जेठ ,पोखरा संचारिका समूह गण्डकी प्रदेशले कृयाशिल पत्रकार महिलालाई बिहिवार २५ थान सुरक्षा सामाग्री वितरण गरेको छ ।कोरोना महामारी बिरुद्ध जोखिम मोलेर पत्रकारीता गरिरहनुभएका सक्रिय पत्रकार महिलालाई लक्षीत गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वय मदनभण्डारी फाउण्डेशनको सहयोगमा संचारिका समूह गण्डकी प्रदेशले एन ९५ मास्क , पञ्जा र सेनिटाइजर वितरण गरेको हो ।

वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शान्ति गुरुङले सबैलाई कर्तव्य सहितको जिम्मेवार बन्न आग्रह गर्नुहुदै व्यक्तिगत सुरक्षा अप्नाउन पर्ने बताउनुभयो । गुरुङले यदि कोरोनाले निम्त्याएको विषम परिस्थितिमा कुनै संचारमाध्यमबाट पत्रकार महिलालाई सुरक्षाको हिसाबले कटौती गर्छ भने त्यसमा सबैको ध्यान जान जरुरी रहेकोे बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सुरक्षित रहि प्रत्रकारीता गर्न सुझाउनु हुदै महासंघ कास्की शाखाले पत्रकारहरुलाई अत्यावश्यक सुरक्षाका सामग्री र ज्याकेट वितरण गरिसकेको बताउनुभयो । महासंघ कास्की शाखाले पत्रकारहरुका लागि कोरोना , दुर्घटना र स्वास्थ बिमाको ’boutमा योजना बनाईरहेको पनि उल्लेख गर्नुभयो ।

चारिका समूह गण्डकी प्रदेशका अध्यक्ष स्मिता तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कन्चन थापा लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.