रुकुममा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निबासी सुस्मा मल्ल बिच भएको घटाना लाई नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ ।अहिलेको २१ सौ शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण छ ।घटनामा मृत्युवरण गर्नुभएकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस घटनामा संलग्न हत्याराहरुलाई कानुन बमोजिम हदैसम्मको कार्बाहि गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
नमुना बिश्वकर्मा समाज नेपाल-कुवेत
Daily Archives: 29/05/2020
नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा प्रेस विज्ञप्ति कडा सजायको माग।
Posted in विज्ञान प्रविधि
संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण।
१५ जेठ ,पोखरा संचारिका समूह गण्डकी प्रदेशले कृयाशिल पत्रकार महिलालाई बिहिवार २५ थान सुरक्षा सामाग्री वितरण गरेको छ ।कोरोना महामारी बिरुद्ध जोखिम मोलेर पत्रकारीता गरिरहनुभएका सक्रिय पत्रकार महिलालाई लक्षीत गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वय मदनभण्डारी फाउण्डेशनको सहयोगमा संचारिका समूह गण्डकी प्रदेशले एन ९५ मास्क , पञ्जा र सेनिटाइजर वितरण गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार