प्रसंग- नेपालको 🇳🇵 भाँडभैलो सिस्टम -हामीसंग सबैथोक हुदाहुदै हाम्रो नेपाललाई परनिर्भरता बनाउनमा कस्को हात छ ? नेपालमा सिंयो पनी बनाउन नदीने रणनीति कस्ले लियो ? भारतले 🇮🇳 नेपाली जनतालाई जे – जे आवस्यकता छ सबै हामी पुर्ती गर्छौं भन्ने ब्यापारीक रणनीति लिएको पक्कै हो ।यसैको दुष्परिणाम आज सिमा वारी पारी सयमिटर ’round जीवनमा अत्यावश्यक सामानको भाउ देखी सबैथोक नेपालीले ३ गुणा बढी तिर्नु पर्नेहुन्छ ! -सानो उदाहरण यहाँ दीन्छु आज हामीसंग नेपाल सरकारका भ्रष्टाचार नेता कर्मचारीका लाई ३ गुणा बढी कर तिरेर ख़रीद गरिएको यातायात साधन छ तर त्यसको पार्टपुर्जा लगाएत साधन चलाउने तेल छैन; बिउ बिजन आउछ खाद कीटनाशक मनलाग्दी आउछ आउदैन थाहाछैन !
हाम्रो सुरक्षा फ़ौज संग सिमीत मात्रामा हतीयार छन गोलीगट्ठा आदी छैन !
हामीसंग खोला नाला प्रसस्त छन पानीमा अधीकार छैन !
यस्ता अनगीन्ती उदाहरण छन तपाई नेपाली हो भने बुझ्नु हुन्छ; यहा लेख्दा भन्दा आफै बुझ्दा समयक्रम संगै थाहा पाउनु हुन्छ ! नेपालका पहुँचवालाहरुका छोराछोरीलाई फ्रीमा करोडौंको उच्चशिक्षा दीईन्छ तर तिनैले उसैको गुलामी नगरी जागीर खाने वातावरण कसैसंग छैन ! तर हाम्रा देशप्रेमी लिडरहरु सबै कुरामा भारतलाई गाली गरेर जनताजनार्दनको मानसपटलमा देशप्रेमी जगाई रहे “राजतन्त्र -जहानीय राणा सासन – प्रजातन्त्र-बहुदल -गणतन्त्र “ का नाईकेहरु सम्म सबै सधै लम्पसारबादी नीती लिईरह्यो नलिगोस पनी कसरी हामी नेपाली एकआपसमा धेरै मिलेर बसेका छौ एकले अर्काको खुट्टा तान्दै प्रयोग हुन्छौ ! कुनै पनी कालखण्डका नाईकेहरुले सही सिस्टम बनाउन सकेन !हामी नेपाली हाम्रो नेपाल भन्दा पनी सधैजसो! जातजाती रंगभेद धार्मिक राजनैतीक लड़ाई लड्नमै हामीलाई ब्यस्त बनाए फल स्वरुप पछील्लो समय हामीले देखेको दरवार काण्ड, १० बर्षे युद्ध, भर्खरै जाजरकोटमा जातीय द्वन्द्व आदी ईत्यादी कैयौ छन यस्ता लापरवाही सिस्टम नै अपराधीक गतीवीधीमा लागेका नाईकेले बनाएको छ देश नै घुसखोर दलाली भ्रष्टाचारीले चलाएको छ यस्तो तहस नहस सिस्टम छ की पहुचवाला विदेशिले जस्ले जहीले जतीखेर पनी हाम्रो सिस्टम हल्लाउन सक्छ ! कर्मचारी घुस नखाई बस्नै सक्दैन , नेता देशको कुनाकाप्चा राम्रो ठाउ , उधोग कल कारख़ाना संम्विधान नागरीकता लगायत सिस्टम नबेची बाच्नै सक्दैन !
– यो माथी जतीपनी लेखेको कुरामा भारत र हाम्रा नेतालाई दोष दीनु , भन्दा पनी हामी #बकलोल जनता आफै नजागेसम्म यहाँ हुनेवाला केही छैन ! तपाई/म भोली ठुलै नेता बन्नुहोला तर जबसम्म नेपालका जनताहरु चनाखो हुदैनन तबसम्म कहीं कसैले केही गर्न भारतले दीदैन ! उ #बनिया यानीकी ब्यापारी हो हामीलाई उसको बढी भएको समान ठुलै आर्थीक हीनामीना गर्दै भीडाउनु छ ! हामीले लिनै पर्ने हुन्छ ! त्यो पनी ३ गुणा बढीमा … हामीसंग केही नहुदा त्यो पाउनुमा पनी भारतलाई धन्यवाद 🙏 भन्नै पर्छ यसअर्थमा वर्तमान मैं जीउने हो भने भारतलाई गाली 🤬 गर्नु उसलाई छेड्नु मुर्खता मात्रा हो!
भविष्यको लागी तपाईहामीले अहीले आजैं सही रणनीति नलिए सम्म केही हुनेवाला छैन , हामीले विदेशी दलालहरु बाट अझै बढी हेपीनु र चेपीनु पर्ने पक्कै हुन्छ !
– तसर्थ नेपाल सरकारले देशका जनतालाई परनिर्भरता हैन आत्मनिर्भरता तिर लम्कने बातावरण रणनीति ल्याउनु पर्ने हुन्छ ! यसको लागी हामी जनताहरुको तर्फबाट पनी “नेपाली हामी रहौंला कहा नेपालै नरहे” भन्ने सोच 🤔 लिएर त्यो सरकार चाहे गणतन्त्र होस चाहे (आलुतन्त्र) सरकारलाई नेपाली जनताले संसारको जुनसुकै कुनामा रहेतापनी आफुले सक्ने ’round परिवार समाजलाई उकास्न जे जती सकीन्छ उत्तीकै सहयोग गर्नु पर्ने दाईत्व हुन्छ !
अनी मात्र नेपाल र नेपालको भविष्य सुनिश्चित हुन्छ ! अन्यथा जहीले भारतलाई सराप्ने पुन: त्यसैको गुलाम गर्ने त्यही संग लम्पसार भईरहने यसरी सधै तड्पीरहनु भन्दा हामीले एकै स्वरमा भारत माताकी जय भन्दा ! भोलीका कर्णधारहरु यसरी दोहोरो दलाली ब्यापारीको फन्दामा पर्नु पर्दैन ; हामीले बिनासोच समझ यहाँ खोक्रो देशभक्ति देखाईरहनु पर्ने स्थीती देख्दीन ! कीनकी तपाई हामीले छानेर पठाएका देशको बागडोर सम्हाल्ने सबैजसो राजनेताहरु भारतको कठपुतली हो ! भारतको ईशारामा नचली तिनलाई सुखै छैन !
-यो मेरो विलकुल ब्याक्तीगत धारणा हो तपाईलाई मन पर्ला नपर्ला यहाँ म भन्दा बढी सोच 🤔 भएका हरुपनी छन ! नेपालमा जान्ने सुन्ने भएपछी जहीले कलम 🖊 रोकेर राख्नु पर्ने वाध्यता वहाहरुलाई छ !
(हाम्रो देश नै यस्तै छ प्राय हाम्रो नेता पार्टी विद्वान समाजसेवी लिडर ठुला कर्मचारी प्रसासन कानुनवीद सबै विदेशीले नै जन्माई दीन्छन )तपाईहरुको स्थानमा म केही हैन !
#जयदेश_जयभाग्य
भाँडभैलो तन्त्र सहने नेपालआमा 🇳🇵 र हामीनेपाली जनता
This entry was posted in आँखीझ्याल, नेपाल समाचार, बिचार/बिमर्श, लेख/रचना, सन्देश, सम्पादकिय. Bookmark the permalink.