Monthly Archives: मे 2020

नमुना बिश्वकर्मा समाज नेपाल कुवेतद्वारा प्रेस विज्ञप्ति कडा सजायको माग।


रुकुममा भएको दु:खद घटनामा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी नबराज बि.क र पश्चिम रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नम्बर ८ सोति निबासी सुस्मा मल्ल बिच भएको घटाना लाई नेपालको संविधान मै जातको आधारमा भेदभाव गर्नु दण्डनिय भनिए पनि कानुन कार्यान्वयन फितलो हुँदा अहिले पनि समाजमा जातीय भेदभाव बिद्यमान नै छ ।अहिलेको २१ सौ शताब्दीमा आउँदा पनि शिक्षित मानिसहरुबाट नै जातीय विभेद हुनु दुर्भाग्यपूर्ण छ ।घटनामा मृत्युवरण गर्नुभएकाहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस घटनामा संलग्न हत्याराहरुलाई कानुन बमोजिम हदैसम्मको कार्बाहि गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।
नमुना बिश्वकर्मा समाज नेपाल-कुवेत

संचारिका समूह गण्डकीले गरे पत्रकार महिलालाई सुरक्षा सामाग्री वितरण।


१५ जेठ ,पोखरा संचारिका समूह गण्डकी प्रदेशले कृयाशिल पत्रकार महिलालाई बिहिवार २५ थान सुरक्षा सामाग्री वितरण गरेको छ ।कोरोना महामारी बिरुद्ध जोखिम मोलेर पत्रकारीता गरिरहनुभएका सक्रिय पत्रकार महिलालाई लक्षीत गर्दै नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वय मदनभण्डारी फाउण्डेशनको सहयोगमा संचारिका समूह गण्डकी प्रदेशले एन ९५ मास्क , पञ्जा र सेनिटाइजर वितरण गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

भाँडभैलो तन्त्र सहने नेपालआमा 🇳🇵 र हामीनेपाली जनता


प्रसंग- नेपालको 🇳🇵 भाँडभैलो सिस्टम -हामीसंग सबैथोक हुदाहुदै हाम्रो नेपाललाई परनिर्भरता बनाउनमा कस्को हात छ ? नेपालमा सिंयो पनी बनाउन नदीने रणनीति कस्ले लियो ? भारतले 🇮🇳 नेपाली जनतालाई जे – जे आवस्यकता छ सबै हामी पुर्ती गर्छौं भन्ने ब्यापारीक रणनीति लिएको पक्कै हो ।यसैको दुष्परिणाम आज सिमा वारी पारी सयमिटर ’round जीवनमा अत्यावश्यक सामानको भाउ देखी सबैथोक नेपालीले ३ गुणा बढी तिर्नु पर्नेहुन्छ !  -सानो उदाहरण यहाँ दीन्छु आज हामीसंग नेपाल सरकारका भ्रष्टाचार नेता कर्मचारीका लाई ३ गुणा बढी कर तिरेर ख़रीद गरिएको यातायात साधन छ तर पढ्नेक्रम जारी राख्नुहोस्

सानुको यादमा।


छबि राम सुनार (निर्दोष)/कुवेत।

कोरोनाले दुख दियो घर भित्र राख्यो
चिन्ता बढ्यो जिन्दगीको मनभित्र पाक्यो
छट्पटिदै कोठा भित्र मन जलिराछ
भित्र भित्रै आत्तियर मुटु बलिराछ

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन युएई र नेपाली समाजको सहयोगमा राहत बितरण थालनी ।


नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्ञानि मान्छे।


छवि राम सुनार (निर्दोष)कुबेत

मुर्ख साथी भए पछि दुख पाइदो रैछ
त्यसैले त ज्ञानि मान्छे एउटा चाइदो रैछ
त्यसै पढ्ने हैन रैछ बीस पच्चीस बर्ष
मन बुझ्ने मान्छे भए हुदो रैछ हर्ष पढ्नेक्रम जारी राख्नुहोस्