Monthly Archives: अप्रील 2020

NRNA कुवेतद्वारा पिडितलाई खाद्यान्न वितरण


 

 

 

 

 

 

 

 

 

 

कुबेत नेपालडटकम /२२ अप्रील, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगाएतका खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतबाट प्रधानमन्त्रीलाई पत्र


सम्माननिय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री को कार्यलय
बालुवाटार काठमान्डौ, नेपाल
बिषय – कुवैतदेखि नागरिक विन्तीपत्र
महोदय
गैरकानुनी हैसियतमा कुवेतमा दसकौ देखि कर्मथलो बनाउदै आएका नेपालीहरुको लागि कुवैतको राजाले लाल मोहर लगाइ आममाफी दिनुभएको कुरा सर्वविदीतै छ । जसअनुसार नेपाल सहित अन्यदेशका नागरीकहरुले पनि यो अबसर पाउने छन । आममाफी को समयअवधी एक महीना मात्र हुनेछ! अप्रिल १ गते देखि अप्रिल ३० गते सम्म मात्र । नेपालीहरुको लागि अप्रिल २६ तारीक देखि अप्रिल ३० गते सम्म मात्र विना जरिवाना आवेद्न दिन पाउने छन । आजको मिति सम्म नेपाली पढ्नेक्रम जारी राख्नुहोस्

चित्र

नेपाली कामदारको विविध समस्यालाई लिएर एनआरएनए कुवेतले बुझायो ज्ञापनपत्र


चित्र

नेपाली जनसम्पर्क समिति कुवेत द्वारा प्रेस विज्ञप्ति


वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि


नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा बन्द
अतुल मिश्र, सुवास विडारी
काठमाडौँ — हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ । संघीय स्वास्थ्य मन्त्रालय र वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो। टेकुस्थित प्रयोगशाला स्रोतले पनि संक्रमण देखिएको पुष्टि गरेको छ। वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

ओम्‍नीलाई नै सघाउँदै सरकार


कालोसूचीमा नपार्ने दाउ, ओम्‍नीलाई २८ करोड भुक्तानीको गृहकार्य
कृष्ण आचार्य, बिनु सुवेदी, कृष्ण ज्ञवाली
काठमाडौँ — स्वास्थ्य सेवा विभागले गत साता ठेक्का सम्झौता गरी कारबाही गर्ने घोषणा गरिएको ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल यतिबेला कालोसूचीमा परिसक्यो होला भन्ने धेरैलाई लागेको हुन सक्छ । विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरेरै दिएको जानकारीअनुसार ’twas होला भन्ठान्नु स्वाभाविकै हो । तर अवस्था ठीक उल्टो छ । अर्थात् ओम्नी समूहलाई सरकारले कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा उल्टै सघाउँदै छ । सरकारी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार, कालोसूचीको प्रक्रिया नै गलत तरिकाले अघि बढाउने, हालसम्म ल्याइएको सामानको रकम भुक्तानी गर्ने, स्वास्थ्य सेवा विभागले अब गर्ने सामग्री खरिदमा त्यही कम्पनीलाई सामेल गराउने र अप्रत्यक्ष रूपमा कम्पनीसम्बद्ध व्यापारीलाई ठेक्का दिने भन्ने उपायहरूको खोजी हुँदै छ । ‘ओम्नी’boutका यी विविध प्रक्रिया टुंगिन नसक्दा अहिले विभागको अर्को ठेक्का प्रक्रिया अन्योलमा परेको हो,’ यस मामिलाका जानकार एक अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्

स्वास्थ्य सामग्री खरिदमा अर्को बदमासी : सम्झौताभन्दा २५ हजार बढी किट ल्याएपछि भन्सारमै रोकिएको खुलासा


करिब ५० लाख भन्सार महसुल नतिर्ने ओबीसीआईको दाउ
कृष्ण आचार्य
काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री ल्याउने कम्पनी ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) ले अर्को बदमासीपूर्ण काम गरेको खुल्न आएको छ ।सरकारले भन्सार छुट दिएको परिमाणभन्दा २५ हजार बढी द्रुत परीक्षण किट (र्‍यापिड डाइग्नोस्टिक किट) ल्याएको र त्यसमा ५० लाख रुपैयाँ महसुल लाग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल भन्सार कार्यालयले रोकिदिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्