मार्च २८ कुबेत। नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ वर्ष अप्रिल १७ तारिक आफनो चौथो सांगीतिक धमाका तथा बार्षिकत्सव कार्यक्रम स्थगित भएको छ।
विश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि धेरै देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजनिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न शुझाव दिईरहेकोले उक्त कार्यक्रम स्थगित गर्नुपरेको समाजका अध्यक्ष राम तमाङले जानकारी दिएका छन्।
समाजले आगामी अप्रिल १७ तारिख शुक्रबार दिन नेपाल बाट आमन्त्रित बहु प्रसिद्ध गाएक voice of Nepal को कोच प्रमोद खरेल र गायिका योजना पुरी को साथमा भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरि छैटो औं वार्षिकोत्सव मनाउने तयारी गरेको थियो।समाजले उक्त कार्यक्रम सम्पन्न गर्न नसकिएकोमा दुख ब्यक्त गर्दै यसबाट पर्न गएको असुविधा प्रति क्षमा याचना मागेको छ ।
कुवेतस्थित नेपाली राजदूतावास, नेपाली समाजका बुद्धिजीवी तथा विभिन्न विशिष्ट ब्यक्तिहरुसंगको सल्लाह, सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वातावरण नहुन्जेलसम्म कार्यक्रम स्थगित गरिएको अध्यक्ष तमाङले बताए ।