स्वरूप आचार्य
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मुत्रनलीमा राखिएको स्टेन्ट आइतबार निकालिने भएको छ । त्यसका लागि ओली शिक्षण अस्पताल जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहका अनुसार यो सामान्य प्रक्रिया हो र यसमा धेरै समय पनि लाग्दैन। ‘आज मुत्रनलीमा राखिएको स्टेन्ट निकाल्ने हो। त्यो राखेको धेरै दिन भइसक्यो। धेरै राख्नुपनि हुँदैन,’ उनले भनिन्, ‘यो निकाल्न धेरै समय पनि लाग्दैन। सामान्य प्रक्रिया हो। त्यो निकालेर फर्किनुहुन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 15/03/2020
फलोअप’का लागि प्रधानमन्त्री शिक्षण अस्पतालमा
Posted in नेपाल समाचार