बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना भाइरस संक्रमण


२८ फागुन, काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् ।

बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । उनले पछिल्लो समय आफूले भेटघाट गरेका मानिसहरुको पहिचान गर्न सुरु गरिएको जानकारी पनि दिएकी छन् ।

६२ वर्षीया मन्त्री डोरिसको करियर नर्सबाट सुरु भएको थियो ।

चीन उद्गम भएर फैलिएको कोरोना बेलायतमा पनि फैलँदो अवस्थामा छ । यहाँ अहिलेसम्म कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको छ । भर्खंरै मात्र एक ८० वर्षीय वृद्धको मृत्यु भएको थियो । ३ सय ८२ जनामा कोरोनाको लक्षण देखिएको छ ।(अन्लाईनखबर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.