२ मार्च २०२० कुबेत नेपालडटकम। सेवा नै धर्म सुदुरपश्चिमेली नेपाली समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा पिडित तिर्थ बहादुर कार्कि लाई हुइलचियर दिएर सहयोग गर्नु भएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत सुदुरपश्चिमेली बासी नेपाली दाजु भाई दिदी बहिनी हरुले कुबेत लाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्थाले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशहरुमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई,कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोपमा हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ।
यसरी गरी सहयोग गर्ने क्रममा दश बर्ष अगाडि घर पाेत्ने माटाे लिन जाँदा माटिखान भत्केर च्यापिएका तिर्थ बहादुर कार्किकाे कम्मरदेखि तल नचल्ने भएको थियो उपचारकाे लागि नेपालगन्ज धाउदा धाउदै भएको केहि सम्पति पनि सकिएको र अार्थिक अवस्था एकदम कमजाेर का कारण राम्राे संग उपचार पनि गर्न नसकेर उपचारकाे क्रममा नेपालगन्ज लगियकाे थियाे अार्थिक अभावका कारण उपचार सम्भव नभएपछि हुईल चियरकाे साहारामा बसेका तिर्थ त्याे चिएर टुटेर कामै नगर्ने भएपछि 2/4 बर्षदेखि हुइलचियर बिना यताउता सर्न पनि गाह्राे हुने भएकाेले धेरै ठाउँ सहयाेग माग्दा पनि कसैले नहेरेकाे उनका अाफन्तले जनकारि गरायका थिए। नगरपालिका लगाएत गाँउमा भएका संघसंस्थासंग सहयाेग माग्दा सक्दैनाै भनेपछि शुदुरपश्चिमेलि नेपाली समाजसम्म कुरा पुगेकाे थियाे शुदुरपश्चिमेलि समाज कुवेतले उहाँ को अबस्था लाइ मध्यनजर गर्दै सहयाेगि मनसाय ले निरुमाया खड्काकाे अध्यक्षतामा जनवरि १० /२०२० काे दिन मासिक बैठकमा अपाङ्ग तिर्थ कार्किलाई एउटा हुइलचियर दिने निर्णय गरेको थियो। सोहि निर्यण अनुसार हिजो पिडित अपाङ्ग तिर्थ ब. कार्किलाई हुइलचियर हस्तान्त्रण गरिएको शुदुरपश्चिमेलि समाज कुवेतकी अध्यक्ष निरुमाया खड्काले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ।