दिनेश गौतम
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मिर्गौला प्रत्यारोपण गरिँदै छ । यस’bout सत्तारुढ दल नेकपा र प्रधानमन्त्री कार्यालयले आइतबार नै औपचारिक जानकारी दिइसकेको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ’bout त्रिवि शिक्षण अस्पतालकै कार्यकारी निर्देशकलाई भने कुनै जानकारी नदिएको देखिएको छ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने ’bout हालसम्म आफूलाई कसैले लिखित तथा मौखिक कुनै खालको जानकारी नदिएको बताए। सोमबार बिहान अस्पताल पुग्दा कार्यकारी निर्देशक खड्गा आफ्नै कार्यकक्षमा पत्रपत्रिका तथा अनलाइनहरुमा आएका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण ससम्बन्धी समाचारहरु पढ्दै थिए। ‘यस’bout मलाई कतैबाट औपचारिक जानकारी आएको छैन, मिडियाबाट खबर थाहा पाएँ’, कार्यकारी निर्देशक खड्गाले भने–‘के कसरी प्रत्यारोपण गरिने तयारी रहेछ भनेर चिकित्सकहरुसँग आकस्मिक बैठक राख्ने की भनेर सोचिरहेका छु’।
मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ। नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छिन्। उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्रा.डा. उत्तम शर्मा, डा. ज्ञवाली, भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन्।
सोमबार नै ओली अस्पताल भर्ना हुने जानकारी गराइएको छ। जुन अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण हुँदैछ, यस’bout अस्पतालका निर्देशकलाई नै कुनै जानकारी नदिनुको रहस्य के हो ? भन्ने ’bout खुलेको छैन।(अन्नपूर्ण )