कुवेतनेपाल डट कम २ मार्च २०२०। “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको कुवेतमा कृयाशिल झापाली समाज कुवेतको यही आउदो मार्च ०६ तारिक २०२० शुक्रवारका दिन गर्ने भनिको चौथो महाअधिवेशन स्थगित गरेको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले कुबेत नेपाल डटकमलाई जानकारी दिनु भएको छ ।
बिश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझव दिईरहेको अवस्था छ । कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेलका लागि कार्यक्रम स्थगित गरिएको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले कुबेत नेपाल डटकमलाई जानकारी दिनु भएको छ ।