कुवेत । कुवेतमा एक नेपाली घरेलु महिला कामदार सडक दुर्घटना गम्भीर घाइते भएकी छिन् । लम्जुङको दोर्ती गाउँपालिका वार्ड नम्बर-४ की नरमती गुरुङलाई कुवेती बालकले चलाएको गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको हो ।
बिगत दुई बर्षदेखि कुवेती नागरिकको घरमा घरेलु कामदारका रुपमा कार्यरत नरमतीलाई गत जनवरी २५ तारिखमा १२ बर्षिय बालकले चलाएको कारले ठक्कर दिएको थियो ।
गम्भीर घाइते नरमती कुवेतको आदान अस्पतालको वार्ड नं.१७, रुम नं. -१४, बेड नं.- २० अचेत अबस्थामा उपचार गराइरहेकी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङले कुबेत नेपालडटकम जानकारी दिएका छन् ।
घटना हुने दिन नरमतीसहित अन्य तिनजना नेपाली घरेलु कामदार, घर मालिक र तिनका परिवारसहित बहिर पार्टी (खेमा)मा जाँदै गरेका थिए । नरमतीको दाहिने हात र दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उपचार पश्चात उनको दाहिने हातमा केही सुधार आएको भएपनि खुट्टाको जोर्नी भाचिएकाले चल्न नसक्ने अबस्थामा उपचार गराइरहेकी अध्यक्ष तामाङले बताए ।
बुधबार बिहान नरमतीको अबस्था बुझ्न आदान हस्पिटल पुगेर नेपाली दूतावासमा खबर पुर्याएको अध्यक्ष तामाङले बताए । तामाङले भने, ‘उहाँको पिडादायिक अबस्था देखेर फर्कन साथ नेपाली दूतावासमा खबर पुर्याएको छु, दुई सन्तानकी आमा आफ्नो परिवारको निमित्त केही पैसा कमाउछु भनी कुवेत आएर महिनौ दिनसम्म हस्पिटलमा यसरी अचेत अबस्थामा पल्टिएर बस्नु पर्दा भन्दा अरु पीडा, दु:ख अरु के नै होला र ?
COPY-www.hamrosanchar.com