२५ फेब्रुअरी २०२० कुबेत किरात राई यायोक्खा शाखा युएईले राष्ट्रिय अबिस्कार केन्द्रलाई आर्थिक सहयोग नगद रु.१ लाख एक सय एघार हस्तान्तरण गरेको छ। किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।आर्थिक सहयोग हस्तान्तरणका लागी गायक तथा मोडल दिपक वान्तव,गायिका बबिना किराँती ,गायक निनामहाङ्ग र कमेडियन फुलन्दकी आमा उर्फ उमेश राईको सहभागी रहेको थियो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष राईले डा. महावीर पुनले राष्ट्रिय अबिष्कार केन्द्रको स्थापना गरी नेपालको बिज्ञान र प्रविधि बिकास क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रसंशा गरेका थिए भने नेपाली बैज्ञानीक डा. पुनको अतुलनिय योगदानलाई सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुले सरहना र गौरबको बिषय बनाएको चर्चा गर्दै थप सहयोगहरु जुटाउन आग्रह समेत गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 25/02/2020
किरात राई यायोक्खा युएई द्वारा राष्ट्रिय आबिष्कार केन्द्र लाई आर्थिक सहयोग।
Posted in प्रवासी समाचार