कुवेतनेपाल डट कम २२ फेब्रुअरी २०२०। माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट कुवेतको फाहाहिलस्थित सुकशवा फुटबल मैदानमा एक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ ।
१४ र २१ फेब्रुअरी लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १८ औं संस्करणमा बिजेताको उपाधी पुर्वेली टाईगरले चुमेको छ। भने मङगाफ एफ सि उप-बिजेता बनेको छ।१३ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता १४ फेब्रुअरीमै सम्पन्न भएका थिए । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै मङगाफ एफ सि, V/s केजी एल एफ सि, पुर्वेली टाईगर र सरोकार समाज सेमीफाईनमा प्रवेश गरेका थिए।
सेमिफाईनलका गोलरहरु:
पहिलो सेमीफाईनल- के.जि.एल.एफ.सी.V/S मंगाफ एफ.सी. निर्धारित समय सम्म दुबै पक्षबाट गोल नभएपछी थप समय ५/५ मिनेट १० मिनेट दिएपनी गोल नभपछी खेल फेरी पेलान्टी सुट गराएको थियो। पेनल्टी सुटमा दुबै टिम बाट ५-५ जनाले पेनाल्टी सुट गर्दा मंगाफ एफ सी को तर्फबाट १ बल बाहिर आउट भएको र के जि एल बाट पनी १ बल आउटभएकोले फेरी दुबैतर्फबाट गोल किपर लाई सुट गरुउदा पनी दुबै गोलकी को तर्फबाट गोल भएर फेरी पनि बराबरी भएपछी खेलको नियमअनुसार दुबैटिम बाट १-१ जनाले पेनाल्टी सुट गराउदा मंगाफ एफ सी बाट गोल भएको र के जि एल बाट बल बाहिरिए पछी खेलको नतिजा मंगाफ एफ सी ६ गोल र के जि एल ५ गोलमा सिमित भएर खेलमा हारजितको घोषित गरियो र मंगाफ एफ सी फाईनलमा प्रबेश गर्यो दोश्रो सेमीफाईनल खेलमा सरोकार समाज V/S पुर्बेली टाईगर सरोकार समाज ०-६ गोल गर्दै पुर्बेली टाईगर फाईनलमा प्रबेश गरेको थियो।
आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात ३५ उमेर काटेका पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो । जसमा टिम क्याप्टेनहरु एक टिममा राजेन्द्र तामाङ क्लवका बरिष्ट सल्लाहाकार र अर्को टिममा नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत श्री दुर्गा प्रसाद भन्डारी रहेका थिए । जसमा राजदूत दुर्गा प्रसाद भन्डारीको टिमले राजेन्द्र तामाङ टिमलाई २-० गोलले पराजित गरेका थियो ।
यसैगरी फाईनलमा खेलमा मंगाफ एफ सी V/S पुर्बेली टाईगर ४-६ गोल गर्दै १८ औं माउण्ट एभरेष्ट एम बी बमजन गोल्डको उपाधि पुर्बेली टाईगरले उपाधी हात परेको थियो। खेलमा अनुशासित बेस्ट टिम ईलेभेन स्टार भएको थियो भने मंगाफ एफ सी टिम को खेलाडी
उत्कृष्ट गोल रक्षक सुमन लिम्बु,जर्सी न १ बेस्ट डिफेन्डर सन्तोष याक्खा, जर्सी न १३ उत्कृष्ट फर्वड कृष्ण बहादुर लिम्बु जर्सी न ७ रहेको थियो भने पुर्बेली टाईगर टिमको खेलाडी जर्सी न २१ सबै भन्दा बढी गोल स्कोर अमृत मेचे त्यस्तै जर्सी १९ राजिव राई उत्कृष्ट खेलाडी, जर्सी न् १० ऋषी गुरुङ,उत्कृष्ट मिडफिल्डर रहेको थियो।
क्लवले प्रथम हुने पुर्वेली टाईगरलाई २५१ केडी नगदी, ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने द्दित्तीय हुने मङगाफ एफ सि क्लवलाई १५१ केडी नगदी,ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो । यसैगरी, सहभागी १३ टिमहरु मध्य अनुशासित टिमको उपाधी ईलेभेन स्टार एफ सि, उत्कृष्ट खेलाडी हर्क मगर(गोर्खाली फुटबल क्लव) र हाई स्कोरर मेचे(पुर्बेली टाईगर) ले प्राप्त गरेका छन भने रेफ्रिहरुलाई कप र मेडलले सम्मान गरिएको थियो
क्लवले १८ औं बमजन गोल्ड कपमा स्वयंसेवक तथा सुरक्षाको पूर्ण जिम्मेवारी लिई सहयोग गर्नु भएका नेपालकुवेत सरोकार समाज,मुखिया स्पोन्सर बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेत र आरोसी कार्गो नेपाललाई मायाको चिनोले समान गरेको थिए। भने मिडिया लगायत अन्य सहयोगीहरुलाई कदर-पत्रले सम्मान गरेको थियो ।
क्लव अध्यक्ष डम्बर रिमालको अध्यक्षतामा सम्पन्न १८औं गोल्ड कप २०२० को कार्यक्रम लाई क्लवका महासचिब सुरेश गुरुङ र मगर सँघ कुवेतका प्रथम उपाअध्यक्ष बसन्त थापा मगर संयुक्त रुपमा सञ्चालन गरेका थिए। भने गोल्ड कप संयोजक तथा खेलकुद बिभाग प्रमुख मोहन राई रहेका थिए। भने बिजेता र उपबिजेता टिमहरुलाई बमजन कपका संस्थापक क्लवका बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ, श्रीमती गीता तामाङ, NRNA कुवेतको अध्यक्ष सुजन केसी, सरोकार समाज कुवेतका अध्यक्ष राम बहादुर तामाङ, पुर्व अध्यक्ष ईन्द्र पोखरेल,र गोल्ड कपका प्रायोजक बहराइन एक्स्चेन्ज कम्पनी(BEC) कुवेतका प्रतिनीधीको हातबाट पुरस्कार वितरण गराईएको थियो।
१८औं बमजन गोल्ड कपलाई लामो समयदेखि सेवाग्राहिको मन जित्न सफल बहराइन एक्सचेन्ज कुवेतले मुखिय प्रायोजन गरेका छन । राम्रो दरमा ग्यारेन्टीका साथ पैसा पठाउन सकिने र ग्राहकहरूको लागि उत्कृष्ट दर प्रदान गर्ने यो बैंकले ग्राहकहरुको लागि खाता खोल्न सकिने समेत साथै अन्लाईन बाट नेपाल पैसा पठाउने सुबिधा दिएको छ। यसैगरी कुबेत देखी नेपाल घर दैलो सम्म कुबेतबासी हरुको लागी सबै सस्तो भर्पर्दो एक मात्र आरोसी कार्गो नेपालले सहयोग गर्नु भएको थियो यसैगरी, नेपाली समाज कुवेतका केही दानबिर महानुभावहरुले क्लवलाई निम्न अनुसार सहयोग गर्नु भएको छ । जसमा:
१, ब्यानर सौजन्य -नेपाली जनसम्पर्क समिति कुवेत
२, मोरङ–सुनसरी सेवा समाज कुवेत २१ केडी
३, लुम्बिनी समाज नेपाल–कुवेत २१ केडी
४, समाज सेबी बिस्णु परिवार २१ केडी
५, किरात याक्थुङ चुम्लुङ कुवेत ११ केडी
६, नेपाली फेमिली रेस्टुरेन्ट फाहिल (पिउने पानी)
७, प्रदिप कार्की कल्याणकारी नेपाली युवासमाज कुवेत उपाअध्यक्ष(पिउने पानी)
८, ब्यानर डिजाइन Nirem production Kuwait
९, चित्र वीर राइ ईलामी समाज कुबेतको सदस्य ११ केडी
१०, निरज लिम्बु ३० केडी
११, मगर सँग कुबेत ३१ केडी
१२, NRNA कुवेतको अध्यक्ष सुजन केसी ३१ केडी
१३, एनआरएनए- मध्यपुर्क महिला संम्योजक सुमित्रा पौडेल ११ केडी
कार्यक्रमका अन्तम सभापति तथा क्लव अध्यक्ष डम्बर रिमालले १८औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कपलाई अति भव्यतापूर्वक सम्पन्न पार्न प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी, समाजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, रेफ्री, खेलाडी, पत्रकार, कलाकार र उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकवृन्दलाई मुरीमुरी धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि क्लवबाट आयोजना हुने हरेक गतिविधिहरुमा सबैको यसरी नै सहयोग रहने अपेक्षा राख्दै कार्यक्रम समापन गरेका थिए।
राष्ट्रिय आविष्कार केन्द्रको महाअभियानमा सहभागी बनौ ।डा. महाबिर पुन द्वारा सन्चालित ‘राष्ट्रिय आविष्कार केन्द्र’ (National Innovation Center) को सहयोगको निम्ती तमू समाज, कुवेतको पहलमा कुवेतमा छरिएर रहेका प्रबासी नेपालीहरु माझ आर्थिक सहयोग सन्कलन कार्यमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १८ औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टमा खेल मैदानमा टोटल सन्कलन ११५ केडी र कल को तर्फबाट २६ केडी सहयोग गरी टोलल जम्मा १४१ केडी क्लवका बरिष्ट सल्लाहाकार तथा गोल्ड कपका संस्थापक राजेन्द्र तमाङ र क्लब अध्यक्ष डम्बर रिमालले तमू समाजका अध्यक्ष राजु गुरुङ लाई हस्तान्तरण गर्नु भएको थियो।