Daily Archives: 20/02/2020

सञ्‍चारमन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको आग्रह


काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।  हाम्रा कुरा डट कमलगायतका विभिन्‍न अनलाइनहरुमा सञ्‍चारमन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसनका लागि मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्तिमार्फत घटनाको अनुसन्धान गर्न आग्रह गरेको हुन् । पढ्नेक्रम जारी राख्नुहोस्