काठमाण्डाै – आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै देशमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/02/2020
आज फागुन ७ गते : राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै
Posted in नेपाल समाचार
समृद्धिको यात्रा रोक्न खोजियो : प्रधानमन्त्री ओली
७ फागुन, काठमाडौं । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारको यात्रामा अवरोधको प्रयास भए पनि त्यसलाई परास्त गरेर अघि बढ्छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
यात्रु आवागमनमा गरिएको कडाइमा ‘तत्काल पुनर्विचार’ : राजदूत आचार्य
‘नेपाली यात्रुलाई कडाइ, भारतीय खुलमखुल्ला’
देवेन्द भट्टराई
काठमाडौँ — आफ्नै नेपाली नागरिकलाई एकअर्को देश आवागमनमा कठिनाइ हुने गरी जारी भएको सूचनामा ‘तत्काल पुनर्विचार हुने’ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बताएका छन् । दिल्ली दूतावासले काठमाडौंबाट गृह र परराष्ट्र मन्त्रालयले गरेको निर्देशनअनुसार, गत साता माघ २८ गतेदेखि लागु हने गरी ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौंसमेत फर्कन नपाउने’ आशयको सूचना जारी गरेको थियो । विशेषतः स्थलमार्ग भएर भारत हुँदै तेस्रो देशमा जाने यात्रुको कडाइका लागि यो सूचना प्रवाह गरिए पनि दूतावासका अधिकारीले ‘भारत स्थलमार्गबाट आएर उडान सेवाबाट काठमाडौं फर्कन समेत नमिल्ने’ बताएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार