दिनेश गौतम
काठमाडौं : ‘म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपार्इंहरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको कन्ट्रोल रुमबाट डा. शाहले अनुरोध गरे। खाना खाने तयारी भइरहेका बेला सुनिएको आवाजले क्वारेन्टाइनमा बसेका सतर्क भए। शाहलगायत सबै स्वास्थ्यकर्मीले ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ पहिरिएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/02/2020
चीनबाट फर्किएका सबै सकुशल
Posted in नेपाल समाचार
भक्तजनसँग मागेर पशुपतिमा १४१ किलो सुनको जलप लगाइने
१ किलोभन्दा बढी सुन सहयोग गर्न नपाइने
६ फागुन, काठमाडौं । एउटा चर्चित अनि पुरानो गीत छ, ‘पशुपतिमा सुनैको गजुर…।’ गीतमा वर्णित पशुपतिनाथको यो गजुरको लामो इतिहास छ । धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पशुपतिको गजुरजस्तै शिवलिंगको पिठिकासमेत अब भक्तजनबाट सहयोग मागेर सुनले सिंगारिने भएको छ । तर, पिठिकामा भने सुनको जलपमात्र हुनेछ । पिठिकामा हाल चाँदीको आवरणयुक्त जलहरी मात्रै छ । त्यसलाई हटाएर सुनको जलहरी बनाउन लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
दिल्लीबाट उड्न ‘इन्ट्री परमिट’ अनिवार्य
स्थलमार्गबाट भारत पुग्ने नेपालीलाई हवाईमार्गबाट फर्कन पासपोर्ट नै चाहिने, भारतीय भने काठमाडौंबाट विमान चढेर सहजै दिल्ली उत्रन पाउने
देवेन्द्र भट्टराई
काठमाडौँ — परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ । यो सूचनापछि परोक्ष रूपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन् । ‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यस’boutको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ,’ अध्यागमन विभागका एक अधिकारीले भने । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार