तमू समाज युएई द्वारा चेलीबेटी भोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।


१७ फेब्रुअरी २०२० कुबेत नेपालडटकम, तमु समाज युएईले स्थापनाकाल १९९७ देखि नै निरन्तर रुपमा चेलीबेटी प्रति समर्पित गर्दै मनाउदै आइरहेको तमु जातिको महान चाड चेलीबेटी भोज (रि- च्हमी स्योकैं) यो बर्ष पनि गत २०२० फेब्रुअरी १४ तारिख शुक्रबार युएईको सारजाह स्थित क्रिस्टल प्लाजा होटलमा हर्षोल्लासमय वातावरणमा भव्यरुपमा सम्पन्न भएको छ।

तमु समाज युएईका महिला बिभाग प्रमुख उर्मिला तमुस्योको सभापतित्वमा सम्पन्न भएको चेलीबेटी भोज कार्यक्रममा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु रहेको थियो । विशेष अतिथिमा तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो ,तमु प्ये ल्हु संघ युएईका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार ओम प्हच्यु तमु र तमु समाज युएईका प्रमुख सल्लाहकार डेर राज तमु रहेको थियो। त्यसैगरी अतिथिमा फुजेराह युनिभर्सिटीका डा.बिनोद तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका सदस्य एवं तमु प्ये ल्हु संघ युएईका महिला बिभाग प्रमुख टिक माया तमुस्यो र नेफिन युएईका सह-कोषाध्यक्ष ज्ञान लामा रहेको थियो।

कार्यक्रम उद्घाटन कार्यक्रमका सभापति ,प्रमुख अतिथि ,बिशेष अतिथि र अतिथिहरुले संयुक्तरूपमा दीप प्रज्ज्वलन गरि उद्घाटन भएको थियो भने कार्यक्रम तमु समाज युएईका सचिव इन्द्र तमुले संचालन गरेको थियो ।कार्यक्रममा स्वागत मन्तब्य तमु समाज युएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष एवं चेलीबेटी भोज कार्यक्रमका संयोजक राजु तमुले राखेका थिए भने शुभकामना मन्तव्य तमु समाज युएईका महासचिव पबित्रा तमुस्योले राखेकी थिइन।

कार्यक्रमको शुरूवातमा चेलीबेटीहरु प्रति समर्पित भएको कार्यक्रम भएको हुंदा चेलीबेटीहरु लाई दिइने उच्च सम्मान,समन सहभागिता समन भुमिका इज्जत, माया र नारीको महत्व दर्शाउनुको साथै तमु जातिको परम्परागत रुपमा मनाएको कार्यक्रममा तमु समाज युएईको तर्फ बाट चेलीबेटीहरु लाई स-सम्मान तमु परम्परा अनुसार दोसल्ला (क्रमु) ओढाएर सम्मान गरेको थियो भने फुजेराह युनिभर्सिटीका डा.बिनोद तमु लाई फेटा ओढाएर सम्मान गरेको थियो।त्यसैगरी चेलीबेटीहरुको तर्फ बाट पनि तमु समाज युएईका दाजुभाइहरु लाई तमु परम्परा अनुसार मायाको कोसेली ग्राहण गरेको थियो ।

तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि निरन्तरता दिंदै हिरो अफ द ल्होसार र चेली अफ द इयर बाट संस्थाका दुई जना व्यक्तित्व लाई सम्मान गरेको छ । तमु समाज युएईले गत २०२० जनवरी १० तारीख शुक्रबार आयोजना गरेको च्यु ल्होसार (मुसा वर्ग) सांस्कृतिक कार्यक्रम सफल बनाउन बिशेष भुमिका निर्वाह गरेको भन्दै तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु लाई हिरो अफ द ल्होसार – २०२० उपाधी बाट सम्मान गरेको छ भने तमु समाज युएई लाई अतुलनीय योगदान दिएको भन्दै तमु समाज युएईका केन्द्रिय सदस्य ममता तमुस्यो लाई चेली अफ द इयर – २०२० उपाधिका बाट सम्मान गरेको छ।कार्यक्रमको समापन कार्यक्रमका सभापति तथा तमु समाज युएईका महिला बिभाग प्रमुख उर्मिला तमुस्योले गरेकी थिइन भने औपचारिक कार्यक्रम समापन पश्चात् सांस्कृतिक कार्यक्रम तथा भोज कार्यक्रम रहेको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.