Daily Archives: 17/02/2020

तमू समाज युएई द्वारा चेलीबेटी भोज तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न।


१७ फेब्रुअरी २०२० कुबेत नेपालडटकम, तमु समाज युएईले स्थापनाकाल १९९७ देखि नै निरन्तर रुपमा चेलीबेटी प्रति समर्पित गर्दै मनाउदै आइरहेको तमु जातिको महान चाड चेलीबेटी भोज (रि- च्हमी स्योकैं) यो बर्ष पनि गत २०२० फेब्रुअरी १४ तारिख शुक्रबार युएईको सारजाह स्थित क्रिस्टल प्लाजा होटलमा हर्षोल्लासमय वातावरणमा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वसभामुख महराले पाए सफाइ


जयसिंह महरा
काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा ज्यान गुमाएकाका परिवार सम्पर्कमा नआउँदा कानुनी प्रक्रिया रोकियो, दुताबासले गर्यो यस्तो अनुरोध


हरि कृष्ण न्यौपाने
कुवेत । कुवेतमा गत बुधबार बालुवाको ढिस्कोमा पुरिएर ज्यान गुमाउने ६ जानै नेपाली कामदारको पहिचान खुलेको छ । ज्यान गुमाउनेहरुमा पाल्पाका एक बहा दुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ, दाङका श्याम नारायण चौधरी, नवलपरासीका पूर्ण बहादुर सुनारी मगर र रोल्पाका राजु रोका मगर रहेको दुताबासले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन सुरु, प्रधानमन्त्रीले गरे शुभारम्भ


५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण  न्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गरेका छन् । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ । पढ्नेक्रम जारी राख्नुहोस्

ललिता निवास जग्गा प्रकरण : भाग्‍ने आशंका गरिएकालाई पक्राउ गर्ने तयारी


पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी तथा डम्बर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, पूर्वसचिवहरू दीपबहादुर बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरूङलगायत आरोपित
मातृका दाहाल
काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी दर्ता भएको छ । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीका तर्फबाट आइतबार जाहेरी दिइएको हो । १० महिना लगाएर तयार पारेको छानबिन समितिको प्रतिवेदनका आधारमा गत साता सीआईबीले १७२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय गृहमा पेस गरेको थियो । गृहले त्यही रायअनुसार आरोपितविरुद्ध जाहेरी दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली समाज युएईद्वारा नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न ।


फेब्रवरी १६ युएई मनु कोंमे तमु फिष्टेल न्यूज:- नेपाली समाज युएईले एक दिने नि:शुल्क स्वास्थ्य शिविर एवं स्वास्थ्य सचेतना मुलुक कार्यक्रम गत १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित रसिदिया पोलिक्लिनिक वर दुबईमा सम्पन्न गरेकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्