Daily Archives: 16/02/2020

लुम्बिनी समाज नेपाल,कुवेतद्वारा मृर्गौला पिढित नाराण रजाली लाई आर्थिक सहयोग।


१६ फेब्रुअरी २०२० कुबेत नेपालडटकम – सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल, कुवेतद्वारा गुल्मीदरबार गाउपालिका वडा न:२ साविक जुभुङग गाबिस का बर्ष २४ का नाराण रजाली को दुबै मृर्गोला फेल भई मृर्गौला प्रत्यारोपण गर्नका लागी १९० केडी (नेपाली रु ७० भन्द बढी हजार रुपैयाँ) आर्थिक सहयोग गरेको समाज को अध्यक्ष रमेश नेपालीले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कोरोनाले निम्त्याएको यात्रा : वुहानदेखि खरिपाटीसम्म


४ फागुन, काठमाडौं । क्रोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ । १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो ।नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको थियो । बेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार वुहानबाट ५५ जना, जिङ्गचोउबाट ४८ जना, इन्सीबाट २६ जना, सियानबाट २९ जना, जिङ्गमेनबाट ९ जना र यिचाङबाट ८ जना नेपाल आएका छन् । उद्धार गरिएकाहरुमा १७० जना विद्यार्थी, दुई जना पर्यटक, दुई बच्चा र १ जना कामदार छन् । पढ्नेक्रम जारी राख्नुहोस्