प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२० को तयारी पूरा।


कुबेत नेपालडटकम / फेब्रुअरी १३ कुबेत।”स्वास्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता” भन्ने मुल नाराका साथ तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले आयोजना गर्न गइरहेको “प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२०” को तयारी पूरा भएको छ।

तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित अलकुज बलोदिया भलिबल खेल मैदानमा प्रतियोगिता आयोजना हुन गइरहेको छ । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने भएको छ । आयोजक तनहुँ कास्की, सयपत्री एनआरएनए र बाग्लुङ समाजको दुई दुई टिम रहेको छ भने अन्य सहभागी टिममा पर्वत सेवा समाज, कास्की युनाईटेड, पथरी शनिश्चरे समाज, मोना म्याग्दी, ठकुरी सहयोग संजाल, रिमिक्स टाईगर, नेपाल स्पोर्ट्स क्लब, अल खैल गेट, तमु प्ये ल्हु संघ र गुल्मी सेवा समाज रहेका छ।

उक्त प्रथम भलिबल प्रतियोगिता फिभा को नियम अनुसार खेलाईने हुंदा खेलमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार रु. १,०२,७३२/४० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय स्थान हासिल गर्ने टिम लाई ५६,०३५/८६ नगद पुरस्कार सहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।त्यसैगरी तृतीय र चौथो स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार रु १०,८९५/८६ रहेको छ । प्रतियोगितामा वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट सर्भर, वेस्ट लिब्रो र एक जना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कर रहेको खेल संयोजक हिरालाल श्रेष्ठले जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा डा. दिनेश आचार्य र युएई एक्सचेन्ज मुख्य प्रायोजक रहेको छ भने सह-प्रायोजकमा सयपत्री रेष्टुरेन्ट रहेको छ। त्यसैगरी प्रायोजकहरुमा नेपाली चुल्हो रेस्टुरेण्ट, पिपल ट्राभल एण्ड टुर्स,कुउट क्युट लुक्स ब्युटी स्यलुन्,शुभ यात्रा टभल्स , हिमाल रिमिट, जी वी होलिडे टुर्स एण्ड ट्राभल्स, भेटघाट फुडस्टाप ,रिया आईएमी , कोसेली ट्राभल्स,रेखा ड्यान, बिष्णु लाल श्रेष्ठ र सुमन उदय रहेका छ।
प्रतियोगिता लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि युएईमा स्थापित सम्पूर्ण सामजिक संघ संस्था र खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति भई खेलाडीहरुलाई हौसला बढाई दिनको लागि आयोजक तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले हार्दिक अपिल समेत गरेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.