कुबेत नेपालडटकम / फेब्रुअरी १३ कुबेत। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको गत सोमबार बुद्ध बिहार कालोपुल स्थित काठमाडौंमा सम्पन्न भएको तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मतले रवि गुरुङ निर्वाचित भएको छ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय महासचिव सुर्य बहादुर गुरुङको प्रमुख अतिथिमा सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा धन बहादुर गुरुङ ,प्रथम उपाध्यक्षमा गोपाल गुरुङ ,द्धितिय उपाध्यक्षमा सुरुन्द्र गुरुङ र तृतीय उपाध्यक्षमा इश्वर घले चयन भएका छ्न।
त्यसैगरी सचिवमा सूर्य बहादुर गुरुङ , सह- सचिवमा गेहेन्द्र गुरुङ, कोषाध्यक्षमा शोस्थानी गुरुङ ,सह – कोषाध्यक्षमा सानु माया गुरुङ चयन भएका छ्न भने सदस्यहरुमा भिजन गुरुङ, मिलन गुरुङ , ललिता गुरुङ , मिलनकाजी गुरुङ , पुर्ण बहादुर गुरुङ , पुर्णिमा गुरुङ , बिजय गुरुङ , आकास गुरुङ र दिनेश गुरुङ चयन भएका छन।
उक्त अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय महासचिव सूर्य बहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउदै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष रवि गुरुङले आफ्नो छोटो मन्तव्य राख्दै अधिवेशन सम्पन्न गराएको कलाकार तथा समाजसेवी भिजन गुरुङले जानकारी गराएको छ।