कुबेत नेपालडटकम / फेब्रुअरी ११ कुबेत, आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं बार्षिक उत्सव यही आँउदो मार्च १३ तरिख स्थानिय कलाकार को साथमा मनाउने समाजको अध्यक्ष रमेश नेपालीले कुवेत नेपालडटकम लाई जानकारी दिएको छ।
बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई दिदी बहिनी हरु कुबेत लाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समया मा सफल संस्ठा को रुप चिनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेत ले आफ्नो सातौं बार्षिक उत्सव तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ।
समाज ले बिगतका दिनहरुमा जस्तै यस पकटको सातौं वार्षिक उत्सव कार्यक्रमा सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,बुद्धिजिवि,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकामा उपस्थितिको लागि अध्यक्ष रमेश नेपालीले आग्रह गरेका छन।
कार्यक्रम बिवरण
मिति:- मार्च १३ तारिख शुक्रबार २०२०
स्थान:- पपिन हल जिलिप
समया:- दिनको १२ बजेदेखी
आयोजक :लुम्बिनी समाज नेपाल कुवेत