Daily Archives: 11/02/2020

किरात राई यायोक्खा शाखा युएई द्वारा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम / फेब्रुअरी ११ युएई l किरात राई यायोक्खा शाखा युएई द्वारा आयोजित संवत् ५०८० यलेदोङ तथा राष्ट्रिय आबिष्कार केन्द्र सहयोगार्थ कार्यक्रम गत ०७ फेब्रुअरी २०२० शुक्रबार युएईको अबुधाबी स्थित ब्राइट राइडर्स स्कुल साबियामा भव्यरुपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज नेपाल कुवेतको सातौं वार्षिक उत्सव आउँदो मार्च १३ तारिक गर्ने


 

 

 

 

 

 

 

 

 

कुबेत नेपालडटकम / फेब्रुअरी ११ कुबेत, आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं बार्षिक उत्सव यही आँउदो मार्च १३ तरिख स्थानिय कलाकार को साथमा मनाउने समाजको अध्यक्ष रमेश नेपालीले कुवेत नेपालडटकम लाई जानकारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

हत्यापछि आत्महत्या !


भान्सामा रगताम्य र अचेत भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले ‘मृत’ घोषणा गरेका थिए । घरमै काम गर्ने विजय चौधरी घााटीमा डोरी कसिएर मृत अवस्थामा डाइनिङ कोठाको भुइँमा थिए ।
स्वरूप आचार्य, मातृका दाहाल

काठमाडौँ — पूर्वसचिव अर्जुन कार्कीका घरेलु कामदारले उनकी पत्नी मुना कार्कीको ‘हत्या गरी आत्महत्या’ गरेका छन् । ललितपुर उपमहानगरपालिका–२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँटीमा डोरीले कसेर र टाउकामा पिर्काले हानेर हत्या गरी आत्महत्या गरेको प्रहरीको दाबी छ । पढ्नेक्रम जारी राख्नुहोस्

NRNA/NCC कुवेतको आयोजनामा अन्तर नेपाली भलिबल प्रतियोगिता, आगामी शुक्रबार टिम दर्ता हुने


कुबेत नेपालडटकम / फेब्रुअरी ११ , कुवेत।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि फेब्रुअरी २५ तारिक मंगलबारको दिन कुवेतको मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा सम्पन्न गर्न लागेको अन्तर नेपाली भलिवल प्रतियोगिताको लागि फेब्रुअरी १४ तारिक शुक्रबार टिम दर्ता र फेब्रुअरी २१ तारिक टाइसिट तयार गर्ने भएको छ । टिम दर्ता र टाइसिट तयार गर्ने कार्य माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको खेल मैदान सुकसभा फुटबल ग्राउण्ड फाहाहिलमा हुने एनआरएनका युवा संयाेजक तथा भलिबल प्रतियोगित संयोयक समितिका संयोजक नबराज पराजुलीले परदेशी खबर डटकमलाई बताएका छन्। एनआरएनले कुवेतको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसर पारेर यहि २५ फेब्रुअरी २०२० को दिन नेपाली टिमहरूबिच भलिवल प्रतियोगिता गराउन लागेको हो। पढ्नेक्रम जारी राख्नुहोस्