कुबेत नेपालडटकम / फेब्रुअरी ७,कुवेत। “हाम्रो एकता बिकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको कुवेतमा कृयाशिल झापाली समाज कुवेतको आज ०७ फेब्रुअरी २०२० शुक्रबार समाजका अध्यक्ष लोमस वास्तोलाको अध्यक्षतामा बसेको मासिक बैठकले चौथो महाअधिवेशन आगामी मार्च ०६ तारिक २०२० शुक्रवारका दिन गर्ने भनि निर्णय गरेको समाजका महासचिव गोबिन्द प्रसाद तिम्सीनाले कुबेत नेपाल डटकमलाई जानकारी दिनु भएको छ ।
उक्त महाअधिवेशनलाई भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम : चौथो महाअधिवेशन समारोह
समय : दिनको ठिक ०१ बजेदेखि
मिति : ०६, मार्च, २०२० शुक्रबार
स्थान : द्वाही प्यालेस रेष्टुरेन्ट , फर्वानिया
आयोजक : झापाली समाज कुवेत