कुबेत नेपालडटकम/ फेब्रुरी ५ कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चार जना कलाकारहरु आज बिहान ८:३० बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत आईपुगेको छन । अतिथि कलाकार लाई आयोजक नेपाल तामाङ घेदुङ कुवेतपरिवार कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,पत्रकार,साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए।
७ फेब्रुरी २०२० शुक्रबार दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरिने राष्ट्रिय पर्व सोनाम ल्होछार कार्यक्रमकाे लागि आयोजकले कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निमन्त्रणा पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थितिको लागी आयोजक हार्दिक अनुरोध गरेको छन्।
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ फेब्रुरी २०२० शुक्रबार
समया :बिहान १२ बजेदेखी
कार्यक्रम : राष्ट्रिय पर्व सोनाम ल्होछार साथमा सांगीतिक धमका
आयोजक :नेपाल तामाङ घेदुङ कुवेत