Daily Archives: 05/02/2020

राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको लागि अतिथि कलाकारहरु कुबेत आईपुगे।


कुबेत नेपालडटकम/ फेब्रुरी ५ कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५६ जिवा ल्हो राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित चार जना कलाकारहरु आज बिहान ८:३० बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत आईपुगेको छन । अतिथि कलाकार लाई आयोजक नेपाल तामाङ घेदुङ कुवेतपरिवार कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी,पत्रकार,साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु द्वारा पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

एकैपटक २ हजार बढी अलपत्र ठेक्काको म्याद थप्दै सरकार


रवीन्द्र घिमिरे
२२ माघ, काठमाडौं । सरकारले वर्षौंदेखि अलपत्र भएर रुग्ण बनेका आयोजनाको म्याद थप्न सुरु गरेको छ । विभिन्न विकासे अड्डाहरुले कानुनी सीमाले मिल्ने अवस्थामा आफैंले र नमिल्ने अवस्थामा तालुकदार मन्त्रालयका सचिवमार्फत ठेक्काको म्याद थप्न सुरु गरेका हुन् । यो पटक संघीय सरकार अन्तरगत सञ्चालनमा रहेका करिब २ हजारभन्दा बढी रुग्ण आयोजनाहरुको म्याद थपिँदैछ । संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार फागुन १४ सम्म यस्ता सबै आयोजनाहरुको म्याद थपिएर ठेकेदारले बाँकी काम अघि बढाउनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना प्रकोप : चीनमा एकैदिन ६५ जनाको मृत्यु, २४ हजार बढी संक्रमित


बेइजिङ — चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण चीनमा मंगलबार मात्रै ६५ जनाको मृत्यु भएको जनाएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । मंगलबार मात्रै थप ३ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा २४ हजार ३ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ । चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै चीनले कोरोना भाइरस संक्रमितमध्ये ९११ जना निको भएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्