प्रदीप मेन्याङ्बो
सुनसरी — जिल्लाको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । ६ जना घाइते छन् । दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक ड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले इकान्तिपुरलाई जानकारी दिए ।
काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस आइतबार बिहान करिब ७ बजे रामधुनी नपा- २ को कृषि फार्म नजिक ठोक्किएको हो ।
घाइतेलाई स्थानीय र विभिन्न अस्पताल पुर्याइएको छ ।
सुनसरीमा आइतबार बिहान बस र माइक्रो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
काठमाडौं जाँदै गरेको सप्तकोसी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो र बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनापूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा भएको हो।
घटनास्थलमा प्रहरीले उद्धार जारी राखेको छ। मृतक र घाइतेको पहिचान खुलेको छैन।(कान्तिपुर )