Daily Archives: 02/02/2020

शेर्पा किदुग युएईले आउदो मार्च ०६ तारिख २०२० शुक्रबार ग्याल्पो ल्होसार मनाउने।


शेर्पा किदुग युएईले आउदो ०६ मार्च २०२० शुक्रबार युएईको दुबई स्थित एभरेष्ट क्लब एण्ड रेष्टुरेन्ट वर दुबईमा बौद्ध धर्मावलम्बी शेर्पा हरुको राष्ट्रिय पर्व नयाँ बर्ष ग्याल्पाे ल्होसार २१४७ अाै च्या फाे -चिवा ल्हाे वर्ष को अवसरमा ग्याल्पो ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना भाइरसबाट चीनबाहिर पहिलो पटक एक जनाको मृत्यु


१९ माघ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ । समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको ज्यान गएको जनाएको छ । ज्यान गुमाउनेमा ४४ वर्षीय एक पुरुष रहेका छन् । उनकाे परिचय भने खुलाइएकाे छैन । फिलिपिन्सको स्वास्थ्य विभागका अनुसार, अस्वस्थ भएपछि ती व्यक्ति जनवरी २५ मा सान लजारो हस्पितलमा भर्ना भएका थिए । त्यहीँ उनको शनिबार निधन भएको सीएनएनले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु, ६ जना घाइते


प्रदीप मेन्याङ्बो
सुनसरी — जिल्लाको रामधुनी नगरपालिका २ मा बस र माइक्रो ठोक्किँदा चालकसहित ४ को मृत्यु भएको छ । ६ जना घाइते छन् । दुर्घटनामा बा ५ ख ३१५७ नम्बरको माइक्रो चालक दिपक  ड्का, यात्रुहरु झापा भद्रपुरका डोलकुमारी कोइराला, गरिमा गौतम र हेमराज कोइरालाको मृत्यु भएको पकली प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश अधिकारीले इकान्तिपुरलाई जानकारी दिए ।
काठमाडौंका लागि छुटेको बा ५ ख ३१५७ नम्बरको माइक्रो र काठमाडौंबाट सुनसरी आउँदै गरेको ६ ख ७९५ नम्बरको बस आइतबार बिहान करिब ७ बजे रामधुनी नपा- २ को कृषि फार्म नजिक ठोक्किएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव तथा ३१ औं अंक विमोचन कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम/ फेब्रुरी १ कुवेत। कोसेली समुह कुवेतको बार्हाैं वार्षिकोत्सव तथा मरुभूमिको कोसेली छापा पत्रिकाको ३१औ अंक विमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्