कुवेतनेपाल डट कम २७ फेब्रुअरी २०२०।किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: फ्रेवुअरी 2020
किरात याक्थुङ चुम्लुङ कुवेतको ९ औं बार्षिकत्सव कार्यक्रम स्थगित।
Posted in सूचना
कुवेतमा कारको ठक्करबाट लम्जुङको नरमती गुरुङ गम्भीर घाइते।
कुवेत । कुवेतमा एक नेपाली घरेलु महिला कामदार सडक दुर्घटना गम्भीर घाइते भएकी छिन् । लम्जुङको दोर्ती गाउँपालिका वार्ड नम्बर-४ की नरमती गुरुङलाई कुवेती बालकले चलाएको गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कास्की आदर्श युएई द्वारा आगामी मार्च ६ तारिकमा फुटबल खेलाईने।
कास्की आदर्श सेवा समाज युएर्इले प्रवास युएईमा कार्यरत रहेका नेपालीहरूका बिच अन्तर नेपाली क्लब नकाउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
किरात राई यायोक्खा युएई द्वारा राष्ट्रिय आबिष्कार केन्द्र लाई आर्थिक सहयोग।
२५ फेब्रुअरी २०२० कुबेत किरात राई यायोक्खा शाखा युएईले राष्ट्रिय अबिस्कार केन्द्रलाई आर्थिक सहयोग नगद रु.१ लाख एक सय एघार हस्तान्तरण गरेको छ। किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।आर्थिक सहयोग हस्तान्तरणका लागी गायक तथा मोडल दिपक वान्तव,गायिका बबिना किराँती ,गायक निनामहाङ्ग र कमेडियन फुलन्दकी आमा उर्फ उमेश राईको सहभागी रहेको थियो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष राईले डा. महावीर पुनले राष्ट्रिय अबिष्कार केन्द्रको स्थापना गरी नेपालको बिज्ञान र प्रविधि बिकास क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रसंशा गरेका थिए भने नेपाली बैज्ञानीक डा. पुनको अतुलनिय योगदानलाई सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुले सरहना र गौरबको बिषय बनाएको चर्चा गर्दै थप सहयोगहरु जुटाउन आग्रह समेत गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दुबै मृगौला पिडीत पर्शुराम घर्ति मगरले अस्पताल बाट सहयोगको अपिल गरे।
फेब्रुवरी २४ कुबेत नेपालडटकम :-युवा सशक्तिकरण अभियानमार्फत् समाजको मुहार फेर्ने सपना बोकि दुई दशक अघिदेखि सामाजिक क्षेत्रमा सकृय गुल्मी दरबार – १, बलिथुम निवासी वर्ष ३९ का युवा समाजसेवी पर्शुराम घर्ति मगरको अकस्मात् दुबै मृगौलाले काम नगर्दा अस्पतालको शय्याबाटै सहयोगको अपिल गरिरहेका छन् ।
२०५३/५४ सालबाट स्थानीय युवाहरूलाई संगठितगर्दै, समाज परिवर्तनको अभियानमा हिडेका अभियन्ता पर्शुराम घर्ति जिल्लामै चर्चित क्लब, नव जनविकास युवा परिवार बलिथुम गुल्मीका संस्थापक अध्यक्ष हुन् ।सामाजिक काममा कहिल्यै नथाक्ने पर्शुराम, यतिबेला भने आफ्नै जिन्दगीसंग थाकेका छन् । कस्तो बज्रपात आइलाग्यो कुन्नि ! दैवपनि यति साह्रो किन निष्ठुर भएहोला ।वंशाणुगत मृगौला पीडित भनौँ या संयोग ? पर्शुरामकी आमा मृर्गौलापीडित भएरै मृत्युवरण गर्नुपर्यो, उनकै सहोदर दाइ सोमबहादुर घर्तीको २०६९ सालमा दुबै मृगौला फेल हुँदा प्रत्यारोपणका लागि भएका जायजेथा, श्रीसम्पत्ती सम्पूर्ण रित्याएर उपचार गरे । त्यतिमात्रै होईन, पर्शुराम घर्तीका भाई थम्मन घर्तीसमेत मृगौला रोग कै कारण मृत्यु भयो । एउटा योग्य पर्शुराम जो थिए, अहिले उनकोसमेत दुबै मृगौला फेल भएर जीवनमरणको दोषाँधमा छट्पटाइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
NRNA/NCC कुवेतद्वारा खुल्ला अन्तर नेपाली भलिबल प्रतियोगितामा ११ टिमको सहभागिता
२३ फेब्रुअरी कुवेत नेपालडटकम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ। प्रकाशित टाइ-सिट अनुसार उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमले सहभागिता जनाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद