Daily Archives: 30/01/2020

वीर सपूतहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै


१६ माघ, काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरोना भाइरस प्रकोप : मृतकको संख्या १७० पुग्यो, झन्डै ८ हजार संक्रमित


तिब्बतमा पहिलो संक्रमित भेटिएको पुष्टि
बेइजिङ — कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसकाे संक्रमण देखिएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्