पर्बत मंच हङकङ द्धारा पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेबी गुरुङ सम्मानित ।


पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा र पाेखरा महानगरपालिका उप-प्रमुख मन्जु देबी गुरुङको प्रमुख आतिथ्यतामा यही २८ जनवरी २०२० मंगलबार बिहान ८:३० बजे होटेल मडेर जाेर्डनकाे सभा हल हङकङमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बिशेष अतिथिहरुमा चारभङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगा बहादुर गुरुङ, अार्थर डाँडाखर्क सहयाेग समिति हङकङका अध्यक्ष मनाेज गुरुङ, पंचासे समाज हङकङ, पर्बत क्लब हङकङका सचिब तिलक गुरुङ , जन सम्पर्क सेवा समिति हङकङका सभापति मीन बहादुर गुरुङ लगायत पर्बतबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।

उक्त कार्यक्रम पर्वत मञ्च हङकङका महासचिव बिध्या गुरुङले संचालन गरेको थियो । त्यसैगरी कार्यक्रममा पर्बत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनले पर्बत मञ्चकाे ’boutमा प्रष्टाउनु भएको थियाे भने प्रमुख अतिथि मन्जु देबी गुरुङ ले जनप्रतिनिधिकाे रुपमा अाफुले गरेका कामहरुकाे ’boutमा स्पष्ट पार्दै अहिले भिजिट नेपाल २०२० बर्ष भएकाेले बिदेशमै भएपनि साे कार्यक्रम लाई सफल बनाउन हरेक काेण बाट साथ र सहयाेग गर्न अनुराेध गर्नु भएको थियो।

कार्यक्रममा मञ्चका अध्यक्ष दुर्गा गुरुङ मिलनले उपप्रमुख मन्जु देबी गुरुङ लाई खदा र माया काे चिनाे ले सम्मान गर्नुभएको थियाे भने उपस्थित अतिथिहरुले खादाले सम्मान गर्नुभएको थियाे ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.