केरलाका मुख्यमन्त्रीको माग– नेपालले क्षतिपूर्ति दिनुपर्छ
चिरञ्जीवी पौडेल
१४ माघ, काठमाडौं । गत मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एक रिसोर्टमा एउटै कोठाभित्र सुतेका ८ भारतीय पर्यटकको मृत्यु भयो । यस’bout सरकारले छानविन अगाडि बढाइरहेको छ । तर, भारतको केरला राज्यका मुख्यमन्त्रीले भने उक्त घटनाका पीडित परिवारलाई नेपालको सरकारले नगद क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । केरलाका मुख्यमन्त्री पिनारयी विजयनले आफ्नो केन्द्र सरकारका विदेशमन्त्री डा. एस. जयशंकरलाई आइतबार पत्र लेख्दै नेपालसँग क्षतिपूर्ति माग्न सुझाएका हुन् । पत्रमा उनले भारतीयहरुको मृत्युमा होटलको उपकरण जिम्मेवार रहेको दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/01/2020
पानोरमा प्रकरण : गल्ती होटलको कि भारतीय पाहुनाको ?
Posted in नेपाल समाचार
नेकपा अब कता ?
होमनाथ दाहाल
सरकार पुँजीपति, शोषक सामन्तको कि कम्युनिस्टहरूले बेलाबेलामा भन्ने गरेको गरिब किसान मजदुरको?
संसदमा झन्डै दुईतिहाइ बहुमतमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारको दुई वर्षको कामकारबाही हेर्दा हरेक सचेत नागरिकको मनमा प्रश्न उठेको छ अब नेकपा कता? नेकपाले एउटा बाटो अँगालेको छ मुलुकको ऐन, कानुन, मर्यादा र प्रचलित परम्परालाई तिलाञ्जली दिएर राष्ट्रको सम्पत्ति दोहन गरेर भ्रष्टाचार गर्ने, सायद राज्यको यस्तै व्यवहार देखेका हाम्रा पुर्खाले भनेको हुन सक्छ, ‘उल्काको धन फुपूको श्राद्ध’ कामरेडहरूको यस्तो व्यवहार हेरेर बस्न बाध्य छन् सर्वसाधारण। केन्द्रीय संसद्देखि तल्लो तहसम्म उनीहरूको बहुमत छ अझ कतिपय प्रदेश र स्थानीय तहमा दुईतिहाइ बहुमत छ। संसदमा प्रतिपक्ष कमजोर छ र आफैंभित्र झगडा गरेर बसेको छ। यसले सत्ताधारी दललाई मनपरी गर्न प्रोत्साहन मिलेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार