राजीनामापछि शिवमायाले भनिन्- ‘बाजी मैले नै मारें तर पितृसत्ता फाल्न बाँकी छ’


जयसिंह महरा
काठमाडौँ — उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभालाई नेतृत्वविहीन हुन नदिन आफूले अहिलेसम्म राजीनामा नदिई बसेको बताएकी छिन् । संसद सचिवालयमा राजीनामापत्र बुझाएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै तुम्बाहाङ्फले संविधानले नै तिनिधिसभालाई नेतृत्वविहीनको कल्पना नगरेकाले अहिलेसम्म राजीनामा नदिएको स्पष्ट पारेकी छिन् ।

संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले सोमबार मात्रै राजीनामा दिएको स्पष्ट पारेकी हुन्।राजीनामा नगर्नु र सभामुखका लागि दाबी गर्नुमा आफूलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको पनि स्पष्ट पारिन्। उनले भनिन्, ‘मेरो ब्याकअपमा कुनै व्यक्ति वा संस्था होइन,संविधान थियो। व्यक्ति र संस्था संविधानपछिका हुन्। मलाई संविधानले नै यहाँसम्म पुर्‍याएकाे हो। आज पनि अगाडि बढेको भए नेकपासँग संविधानअनुसार महाभियोग लगाउने मात्र विकल्प थियो। मैले हटाउने भए महाभियोग लगाएर हटाउ पनि भनेकी थिएँ, तर हामी सबैले यसको सहज निकास निकाल्यौँ।’

तुम्बाहाङ्फेले कसैको निर्देशनमा राजीनामा नदिएको पनि उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘मैले जे बोले त्यो पुर्‍याएँ । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेँ।’

उनले उपसभामुखबाट राजीनामा दिन दलले दिएको निर्देशन नमानेकै पनि बताइन्। उनले भनिन्, ‘मैले दलको निर्देशन नमानेकै हो। आग्रह भएको भए सोचिन्थ्यो। म दलको उपसभामुख थिइनँ । प्रतिनिधिसभाको थिएँ, दलीय व्यवस्थाअनुसार उपसभामुख निर्वाचित भएकाले दलसँग समन्वय र सहकार्य गरिरहेकी थिएँ।’

आफूले दलीय स्वार्थबाट बाहिर रहेर जिम्मेवारी सम्हालेको बताउँदै उनले भनिन्, ‘दलको अर्डरबाट प्रतिनिधि सभालाई जोगाउन सक्छु कि सक्दिनँ भन्ने लडाइँमा थिएँ। त्यसमा सफल भएकी छु। आजको दिनसम्म आइपुग्दा संविधानअनुसार चलेकी थिएँ। तर त्यसमा बाधाहरु पनि धेरै थिए।’

आफूले राजीनमा दिएपछि प्रतिनिधिसभामा नयाँ नेतृत्व सुनिश्चित भएको पनि तुम्बाहाङ्फेले बताइन्। आजका दिनसम्म प्रतिनिधिसभालाई आफूले रिक्त रहन नदिएको उनले बताइन्।

मुलुकमा पितृसंस्था सोच मात्रै नभई संस्थागत रुपमा जरा गाडेर बसेको पनि उनले टिप्पणी गरिन्, ‘नेपालमा पितृसत्ता एकदम बलियो छ। राजसंस्थालाई सहजै फालिदियौँ तर पितृसत्ता फाल्न बाँकी छ, गाह्रो पनि छ।’(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.