त्रिशुली समाज युएईको सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा।


‘त्रिशुली समाज युएईले हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं भन्ने मुल नारा ‘ का साथ यहीँ २४ जनवरी २०२० शुक्रबार (जीवा ल्हो) मुसा वर्गको अवसरमा ल्होछार बृहत सांस्कृतिक कार्यक्रम युएईको अबुधावी स्थित मलयाली समाजम सभाहल मुसाफमा ( KM trading पछाडी ) भव्यरुपमा मनाउने भएको छ।

उक्त कार्यक्रममा नेपाल बाट अतिथि कलाकारको रुपमा लोक तथा दोहोरी गीत गायिका मन माया वाइबा म्हेन्दोमाया र एशियन स्टार,पप तथा सेलो गायक आशुसेन लामा युएई आउने भएको छ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गीत गायिका मन माया वाइबा र एशियन स्टार,पप तथा सेल गायक आशुसेन लामा को बिशेष सांगीतिक प्रस्तुति सहित स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ भने तामाङ भाषा, कला, संस्कार र संस्कृति झल्काउने मौलिक बाजा डम्फू नाच, सेलो नृत्य आदि रहने भएको छ।

उक्त कार्यक्रमको उदघोषिक अञ्जुली लोप्चान रहेको छ भने कार्यक्रममा उपस्थितिको लागी आउन जानको लागि यातायातको व्यवस्था समेत गरेको छ।यातायात व्यवस्थापनमा दुबईको लागि सोम तामाङ – ०५५१८७९७५७, शंकर तामाङ – ०५६९३६०२७८, अबुधाबीको लागी सन्त परङ तामाङ – ०५०४२९६७९२,दीपक तामाङ – ०५५३९३६५८२,अलऐनको लागि रन्जु तामाङ – ०५६२१२८३७८,प्रमोद मोक्तान – ०५६४७८९४३९,सारजाह/अजमान सुनिल थोकार तामाङ – ०५६४०१७१४६ र कर्म तामाङ – ०५५२६४६५७९ रहेको छ।

कार्यक्रम लाई भव्य र सभ्य पार्नको निमित्त त्रिशुली समाज युएईले युएईमा क्रीयशिल संघ संस्थाका प्रमुख,प्रतिनिधि,व्यवसायी,समाजसेवी,पत्रकार,बुद्धिजीवी महानुभाव,कलाकार,सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु लाई गरिमामय उपस्थितिको लागी निमन्त्रणा समेत गरेको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.