मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा “माघे सकराती”कार्यक्रम भव्य रुपमा सम्पन्न।(फोटो फिचरसहित)


१८ जनवरी २०२० कुबेत।नेपाल मगर सँघ कुवेत शाखको आयोजनामा “ईतिहास,भाषा,संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ कुवेत शाखाद्वारा हिजो १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरिय हलमा तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।

शुक्रबार सम्पन्न कार्यक्रममा सँघका अध्यक्ष मित्र सिन्जाली मगर को सभापतित्वमा सम्पन्न कार्यक्रमका नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारी प्रमुख रहेका थिए भने बिशेष अतिथिमा नेपालबाट पाल्नु भएका नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव श्री ज्ञानेन्द्र पुन मगर यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा उपअध्यक्ष बल बाहादुर काम्बाङ,यसैगरी कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार,बुद्धिजीवी,खेलाडी,कलाकार,समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो। भने बिशेष अतिथि नेपालबाट पाल्नु भएका नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव श्री ज्ञानेन्द्र पुन मगरलाई बाहिर गेट बाट भित्र स्टेज सम्मा आयोजक परिवार र राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिमले तामझामका साथ स्वागत गरीएको थियो। कार्यक्रम लाई उपअध्यक्ष बसन्त थापा मगर र महासचिब जय आले मगरले संयुक्तरुपमा कार्यक्रमलाइे सञ्चालन गरेका थिए।

सभापति, प्रमुख अतिथी र विशेष अतिथिहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । यसैगरी नेपाली राष्ट्रिय गीत र मगर राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।कार्यक्रममा सँघ सचिब श्रवण गाहा मगर मगर ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए भने सँघका नि वर्तमान अध्यक्ष मनु भुजेल मगर ले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व माघे सकराती को ’bout प्रष्ट पारेका थिए। भने कोषाध्यक्ष केदार आले मगर ले ४ साल सम्मा के कती हिसाब किताब ’bout प्रष्ट पर्नु भएको थियो ।

तेश्रो अधिवेशन तथा “माघे सकराती”कार्यक्रम लाई शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले शुभकामना दिदै आफ्नो रितिरिवाज,कला संस्कृति परम्परा जोगाउन लागि परेको र सामाजिक कार्यमा अग्रसर मगर सँघ कुवेतलाई धन्यवाद दिदै नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटकीय नेपाल र कुवेत बीच रही आएको मैत्रिपूर्ण सम्बन्ध लाई Visit Nepal Year 2020 जस्ता अभियानले पर्यटन क्षेत्र लाई विकसित तथा विस्तार गर्दै लैजाने साथै दुइ देश बीच जनस्तरको सम्बन्ध थप गतिशिल एवं सुदृढ हुने विश्वास ब्यक्त गर्नु भयो गर्नु भएका थिए। भने कार्यक्रमको लागि नेपाल बाट पल्नु भएका बिशेष आथिती नेपाल मगर सँघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले पनि प्रवास को ठाँउ पनि आफ्नो मगरहरुको मगर संस्कृति, भाषा, भेष-भूषा एवं जातिय उत्थान तथा संरक्षण अनी मगराँतहरु एकजुट देखेर एकदमै खुशी हुनु भएको थियो। हाल नेपालमा अहिले को सरकारले के कस्तो गरेको छ। नेपाल मगर सँघ के गर्दै र अब आउने दिनहरुमा कसरी एक हुने भन्ने कुराहरु ’bout बताउनु भएको थियो। यसैगरी एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, किरात राई यायोक्खा,शखा कुबेतका अध्यक्ष मन्जित राई,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लब, कुबेतका अध्यक्ष डम्बर रिमाल, नेपाल आदिवासी जनजाती महासंघ कुवेत शाखा उपअध्यक्ष बल बाहादुर काम्बाङ,तमू प्ये ल्हु संघ कुवेतकी अध्यक्ष उमा गुरुङ,तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, पर्बात समाज कुबेतका अध्यक्ष ईन्द्र भुसाल,म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतका प्रतिनधी कृष्ण खड्का लगयतले माघे सकरातीको शुभकामना मन्तव्य दिएका थिए।

तेश्रो अधिवेशन तथा “माघे सकराती कार्यक्रमलाई अतिनै भब्य सब्य थप मनोरन्जन बनाउन को लागि आफ्नो मगर पहिचान र मौलिकता भेष भुषामा सजिएको झल्काउने खालका नृत्य झाउरे,मारुनी, सालैज्यु,कौडा,सोरठी,युगल तथा सामुहिक नृत्य गरी झनै माघे सकराती कार्यक्रमलाई सुगन्ध भर्ने काम सँघका कलाकार भाई बहिनीहरु ले बिभिन्न नृत्यहरु साथै लाइभ लोक धोरी गीत प्रदर्शन गरी उपस्थित सम्पूर्ण लाई भरपुर मनोरन्जन दिलाएको थियो। भने कार्यक्रम मा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु खाजा नास्ताले स्वगात गरेका थिए।

केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरको बिशेष उपस्थितिमा माघे सकराती तथा तेश्रो ऐतिहासिक अधिवेशनमा निर्बिरोध चयन हुनु भएको मनु भुजेल मगरको ३ सालको नयाँ कार्यसमितिका पदाधिकारी लाई महासचिव ज्ञानेन्द्र पुन मगरद्वारा सपथ खुवाएको थियो। नेपाल मगर सँघ कुवेत शाखको तेश्रो ऐतिहासिक अधिबेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न्ननुसार रहेको छ । जसमा:

उक्त अधिवेशन तथा माघे सकराती कार्यक्रम लाई भव्य र सभ्यताका साथ सफल बनाइदिनु हुने नेपालबाट पाल्नु भएका नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव श्री ज्ञानेन्द्र पुन मगर, नेपाली राजदुतावास कुवेत उपस्थित सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी सम्पूर्णलाइ सभापति मित्र सिन्जाली मगरले धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.