कुबेत नेपालडटकम / जनवरी १६, कुवेत। भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेष–भुषा तथा जातिय पहिचानलाई बचाई राख्ने साथै कुवेतमा रहेका श्रमजीवी लिम्बुहरुलाई एकत्रित गरि भईपरि आएको अवस्थामा साथ सहयोग गर्ने उद्देश्य लिई २०६८ सालमा स्थापना भएको यस किरात याक्थुङ चुम्लुङ कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु कथानक चलचित्र “साम” को प्रदशनी कार्यक्रम यहि आउदो फेब्रुवरी २८ तारिक शुक्रबार २०२० मा हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/01/2020
किरात याक्थुङ चुम्लुङ कुवेतको नवौं वार्षिको उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ तारिक हुने ।
मगर सँघ कुवेतको तेश्रो अधिवेशनको लागि केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन कुवेत आईपुगे।
१६ जनवरी २०२० कुबेत । मगर सँघ कुवेत शाखाको तेश्रो अधिवेशन तथा माघे सकराती कार्यक्रमको लागि मगर सँघ नेपालका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगर आज कुवेत पुगेका छन् । १७ जनवरी २०२० मा हुन लागेको उक्त कार्यक्रमको बिशेष आतिथ्यको लागि महासचिव ज्ञानेन्द्र पुन आज बिहान ७ बजे जजिरा एयरवेज को फ्लाईट बाट कुबेत शहर आईपुगेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
पर्यटक : दैनिक पाँच हजार चाहिने दुई हजार मात्र भित्रिए
डा. भगवान् खड्का
पछिल्लो दुई साताको अध्ययनले नेपालमा दैनिक २ हजार ३ सय विदेशी पर्यटक नेपाल भित्रिएको देखाएको छ। अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५ बाह्य पर्यटक नेपाल भित्रिएका छन्। भ्रमण वर्ष–२०२० प्रारम्भ भएको पहिलो दुई सातामा आएका पर्यटकको परिमाण हेर्दा सरकारले घोषणा गरेअनुसार २० लाख पर्यटक भित्याउने योजना पूरा हुन भित्रिनुपर्ने दैनिक ५ हजार ४ सय ८० पयर्टकको संख्या भने पुग्दैन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
ओली–दाहाल भेटघाट ठप्प
आ–आफ्नो समूहभित्र मात्र संवाद, सभामुखमा साझा प्रस्ताव ल्याउन अध्यक्षद्वयलाई नेताको दबाब
काठमाडौँ — सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्षबीच भने गत आइतबारदेखि औपचारिक भेट र संवाद भएको छैन ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालले आ–आफ्नो पक्षधर नेताहरूसँग अनौपचारिक संवाद भने गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरूसँग सभामुख चयनका विषयमा कुराकानी गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार