Daily Archives: 15/01/2020

आजदेखि बैंकहरुमा ‘गो–एमएल’ लागु, बैंकिङ कारोबार थप झण्झटिलो !


२८ पुस, काठमाडौं । माघे संक्रातिकै दिन पारेर वाणिज्य बैंकहरुले बुधबारदेखि गोएमएल प्रविधि लागु गरेका छन् । सम्पत्ति शुद्धीकरण निवारणका लागि भन्दै नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंकहरुले बुधबारदेखि गोएमएल सफ्टवेयर लागु गरेका हुन् । वाणिज्य बैंकहरु पछि विकास बैंक र फाइनान्स कम्पनीहरुमा समेत यो सिस्टम लागू गर्ने राष्ट्र बैंकको योजना छ । आगामी असार महिनादेखि विकास बैंक र फाइनान्स कम्पनीहरुमा पनि लागु हुने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
यो सिस्टम राखे पछि बैंकिङ केहि झण्झटिलो हुनेछ । अहिले कसैको नाममा रकम जम्मा गर्न भौचर भरेर जम्मा गर्नेको नाम लेखेमात्रै पुग्ने थियो । तर अब भने भौचरमा जम्माकर्ताले ३ पुस्ते विवरण समेत उल्लेख गर्नु पर्नेछ । पढ्नेक्रम जारी राख्नुहोस्

आज माघे संक्रान्ति, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ ।थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले आफ्‍नो महान चाड माघे संक्रान्तिका अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सव आयोजना गरेका छन् । नेपाल मगर संघको आयोजनामा टुँडिखेलमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्